सिटी सेन्टरमा आईआईएफटी एक्स्पो, उज्ज्वल शाही प्रथम


ब्युटी न्युज नेपाल
काठमाडौं, २४ कात्तिक

आईआईएफटीको आयोजनामा काठमाडौँको कमलपोखरी स्थित सिटी सेन्टरको लबी स्पेशमा ‘ पाँचौँ आईआईएफटी स्पेस एण्ड डिजाइन एक्स्पो’ आयोजना गरिएको छ । दुई दिनसम्म आयोजना गरिएको यो प्रदर्शनीमा उत्कृष्ट भएका विधार्थीहरुलाई पुरस्कार प्रदान गर्दै सम्पन्न गरिएको छ ।

इन्टेरियर डिजाईनमा अध्ययनरत आईआईएफटीका विधार्थीहरुको डिजाईन प्रस्तुतिको लागि यो एक्सपो गरिएको आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पाले ब्युटी न्युज नेपाललाई जानकारी गराए ।

यो एक्स्पोको मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल, मिस इन्टरनेशनल २०२५ उरुषा भण्डारी, आईआईएफटीका प्रवन्ध निर्देशक फुपु तेञ्जिङ शेर्पालगायतले रिबन काटेर उद्घाटन गरेका थिए ।

दुई दिने प्रतिस्पर्धात्मक एक्स्पोमा क्याफे, कार शोरूम, बैंक डिजाइन, नेवारी क्याफे, रेष्टुराँ, प्रि–स्कुल, स्पासहित विभिन्न प्रोजेक्टहरू समावेश छन् । यो एक्स्पोमा पुगेर डिजाईन प्रेमीहरुले त्यहाँ राखिएको विभिन्न स्प्ेश डिजाईनको अवलोकन समेत गरे । आयोजक तथा आईआईएफटीका प्रवन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाका अनुसार आईआईएफटी स्कुल अफ फेशन एण्ड इन्टेरियर डिजाइनमा अध्ययन गरेका इन्टेरियर डिजाइनका विद्यार्थीहरूले आफ्नो दक्षता प्रदर्शनका साथै नेपालमा इन्टेरियर डिजाइनको महत्त्वलाई उजागर गर्नका लागि एक्स्पोको आयोजना गरिएको हो ।

एक्स्पोलाई थेसिस १७ जना विद्यार्थी र क्याफे तपÞर्m ३९ जना विद्यार्थी सहभागी भएका थिए । प्रदर्शनीमा विद्यार्थीहरूले क्याफे तथा रेष्टुराँको थिममा प्रोजेक्ट बनाएका थिए भने ग्राजुएट हुन लागेका विद्यार्थीहरूले थेसिस प्रस्तुति स्वोरुप बिबिध बिषयमा डिजाइनहरुको मकप एक्स्पोमा राखेका थिए ।

एक्स्पोमा सहभागिता जनाएका विद्यार्थीहरुले स्वदेश अथवा विदेश, जहाँ भए पनि इन्टेरियर डिजाइनको भविष्य राम्रो भएकाले यो विषय अध्ययन गरेको धारणा व्यक्त गरेका छन् ।

दोस्रो दिन सम्पन्न ग्राजुएशन तथा पुरस्कार वितरण समारोह भव्य रूपमा सम्पन्न भयो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उप–मेयर सुनिता डंगोलले सहभागीलाई प्रमाणपत्र तथा बिजेतालाई पुरस्कार प्रदान गरिन् । सुनिताले ग्राजुएट विद्यार्थीहरूलाई पनि प्रमाणपत्र प्रदान गरिन् ।

कार्यक्रममा विशेष अतिथिहरूको सहभागितासहित क्याफे डिजाइन तर्फ उज्ज्वल शाही प्रथम, सगुन पौडेल द्धितीय, दिपेश माली तृतीय र अर्जुन तामाङ पब्लिक च्वाइस अवार्ड बिजेता बने । यस्तै थेसिस डिजाइन तर्फ उज्ज्वल शाही नै प्रथम, प्राची ठाकुर द्धितीय, बालकृष्ण बस्याल तुतीय र मोहनी महर्जन पब्लिक च्वाइस अवार्ड बिजेता बने । समापन समारोहमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक अशुतोष खेतान, व्यवसायी अनिल थामन, उज्ज्वल कृष्ण श्रेष्ठ, अग्रज गायक लाक्पा शेर्पा अतिथि थिए ।

यस अवसरमा लामिनार टाइल्सका प्रबन्ध निर्देशक श्री अशुतोष खेतानज्युले आफ्नो कम्पनीको तर्फबाट विजयी विद्यार्थीहरूलाई नगद पुरस्कार समेत प्रदान गरे । उक्त कार्यक्रम शेर्पा ग्रुपको मुख्य प्रयोजन तथा बर्जर पेन्ट्स र लामिनार टाइल्सद्वारा सह–प्रायोजनमा सम्पन्न भएको हो ।