नेपाल प्रहरीको ३३ औं आईजीपीमा दानबहादुर कार्की


ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ कात्तिक

एआईजी दानबहादुर कार्की सोमबार नेपाल प्रहरीको ३३ औं आईजीपीको रुपमा बढुवा भएका छन् । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले दानबहादुर कार्कीलाई नेपाल प्रहरी प्रमुख (आईजिपी)मा चयन गरेको छ ।

२६ कात्तिकबाट हालका आईजिपी चन्द्रकुवेर खापुङ कार्यसेवा अवधि पुरा भएका कारण अनिवार्य अवकाश पाउँदै छन् । सोही कारण मन्त्री परिषदले आजै कार्कीलाई आईजिपीमा बढुवा गरेको हो । अब २७ कात्तिकमा कार्कीले आईजिपीको फुली लगाउँदै आफ्नो जिम्मेवारी पुरु गर्ने छन् । कार्की हाल काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत छन् ।

१८ चैत २०५४ मा प्रहरी इन्सपेक्टरको रुपमा प्रहरी सेवामा आएका उनी अब १७ चैत २०८४ सम्म प्रहरी प्रमुखको रुपमा रहन पाउने छन् । अहिलेसम्म पनि कुनै विवादमा नपरेका दानबहादुर कार्कीको कार्यकालमा नेपाल प्रहरीको सेवा राम्रो हुने विश्वास गरौँ ।