ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ कात्तिक
तस्बिरहरु : कुवेर डंगोल, सरिता भारती
मिसेस नेपाल वल्र्ड २०२५ का २५ जना प्रतियोगीहरुले आफूमा निहित विभिन्न कला प्रस्तुत गरेका छन् । उनीहरुले शनिबार बेलुका काठमाडौँमा सम्पन्न ट्यालेन्ट शोमा आफ्नो कला प्रस्तुत गरेका हुन् । ट्यालेन्ट सोमा प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा प्रदर्शन गर्दै अन्तिम चरणको प्रतिष्पर्धाका लागि प्रभावशाली प्रस्तुति दिएका हुन्।

ट्यालेन्ट शोमा प्रतियोगीहरुले गीत, नृत्य, कविता, मुक्तक, गजल, योगासन, अभिनय, भाषण कला, स्ट्यान्डअप कमेडीदेखि फाष्ट फेशनबारे चेतनामूलक प्रस्तुति प्रस्तुत गरेर दर्शक, अभिभावक र निर्णायकको मन जित्ने प्रयास गरेका थिए।
ट्यालेन्ट शोमा श्रीनि ढख्वा, शुभाना रोक्का र करुणा श्रेष्ठले कविता वाचन गरेका थिए । करुणाले छोरीमा समर्पित कविता बाचनसँगै तेक्वान्डो र कराँतेको काता पनि प्रस्तुत गरिन् । यस्तै बिष्णु भण्डारीले मुक्तकमा एकल महिलाको पीडा सुनाईन् । गंगा लामिछानेले गजल प्रस्तुत गर्दा कार्यक्रममा अरणा लामाले फास्ट फेशन विषयमा शसक्त भनाई राखिन् ।

बिनीता अधिकारी र कल्पना बिष्टाले स्ट्यान्डअप कमेडी गरेका थिए । दुबैले आफ्ना साथीहरु र आयोजकलाई समेत व्यँग्य गरे । विद्या चौहान, रञ्जना बुढाथोकीले नारी अधिकारमा केन्द्रित रहेर विचार राखे । सजनी जोशीले बेचिएकी चेलीको पक्षमा अदालतमा बहस कला प्रस्तुत गरिन भने रोजी थापाले अभिनय मार्फत श्रीमानले दिएको धोकाको कारण एकल महिला हुनुको पीडा सुनाउँदै आमाको मिर्गौला फेर्ने चाहना व्यक्त गरिने । इमायुङ राईले योग आसन प्रस्तुति दिएकी थिईन् ।

मिसेस ट्यालेन्ट उपाधिका लागि सञ्जु भट्ट, एलिना केसी, निर्मला सुनुवार, बिष्णु तिमिल्सिनासहितले गीत प्रस्तुत गरेका थिए । यस्तै कञ्चन झा, तारा खनाल, दिपिका तामाङ, कुसुम खड्का, सुम्निमा खापुङ, रक्षा पन्त, चन्द्रकला राई र सुमिना महर्जनले नृत्य प्रस्तुत गरेका थिए। धेरै जसो नृत्य लोक गीतमा प्रस्तुत गरिएको थियो ।

ट्यालेन्ट शोमा नृत्य कोरियोग्राफर रामचन्द्र कोइराला, गीतकार दयाराम पाण्डे, अभिनेत्री पल्पसा डंगोल, थिएटर आर्टिस्ट सरिता गिरी, राजधानी राष्ट्रिय दैनिकका मार्केटिङ चीफ विनोद शर्मा, अधिवक्ता रविन्द्र तामाङ र नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) का वरिष्ठ निर्देशक मणिराज लमिछाने निर्णायक रहेका थिए। प्रतियोगिताका अफिसियल कोरियोग्राफर आश्विनीकान्त झाले ट्यालेन्ट राउन्डको सञ्चालन गरेका थिए ।
महिला सशक्तिकरण, आत्मविश्वास, सामाजिक सहभागिता र प्रतिभा प्रदर्शनको सशक्त मञ्चको रूपमा स्थापित यस प्रतियोगिता देश–विदेशमा नेपाली महिलाहरूको पहिचान विस्तार गर्ने उद्देश्यले निरन्तर आयोजना गरिँदै आएको आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले बताए ।
मिसेस नेपाल वल्र्ड २०२५ को नृत्य कोरियोग्राफी सन्दीप भुजेलले गर्दै छन् भने प्रतियोगिताको समन्वय सम्राट शाह, अञ्जन परियार र गंगा महर्जनले गरिरहेका छन्।

प्रतियोगिताको फाइनल सो यही शनिबार २९ कात्तिकमा प्रदर्शनीमार्गस्थित नेपाल पुलिस क्लबमा हुँदैछ। फाइनल प्रतियोगितामा मिसेस नेपाल वल्र्डसँगै ८औ संस्करणको मिसेस नेपाल इन्टरनेसनल र एमएस इन्टरनेसनल उपाधिका विजेता पनि घोषणा गरिनेछ। विजेता मिसेस नेपाल वल्र्डले आगामी वर्ष जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड २०२५ मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछिन् ।
यसअघि मिसेस नेपाल वल्र्डकोे उपाधि २०२१ मा दिक्षा केसी र २०२३ मा पृथ्वीया थापा थिए। यस्तै २०२४ मा डेनिला कार्कीले यो उपाधि चुमेकी हुन्। पृथ्वीया थापाले मिसेस वल्र्ड २०२३ मा नेपालको प्रतिनिधित्व गर्दै ह्युम्यानिटेरियन अवार्ड प्राप्त गरेकी थिइन्।





