सेन्सर पास भएको ‘मन विनाको धन’लाई युनिभर्सल प्रमाणपत्र


ब्युटी न्युज नेपाल
काठमाडौँ १८, कार्तिक

नेपाली चलचित्र ‘मन बिनाको धन’ लाई चलचित्र जाँच पास समितिले ‘यूनिभर्सल’ सर्टिफिकेट दिएको छ । यो चलचित्र यहि शुक्रबार कात्तिक २१ गतेबाट देशभरका चलचित्र घरमा प्रदर्शनमा आउँदै छ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको मंगलबार सेन्सर गरिएको हो ।

सेन्सर बोर्डबाट युनिभर्सल सर्टिफिकेट पाएसँगै यो चलचित्रलाई सवै उमेर समुहका दर्शकले सजिलै हेर्न पाउनेछन् । सेन्सरका अधिकांश कर्मचारीहरुले अशोक दर्जीको बिषयबस्तुमा निर्माण भएको ‘मन बिनाको धन’ धेरै राम्रो चलचित्र बनेको भन्दै खुलेरै तारिफ गरे ।चलचित्रलाई सफलताको शुभकामना समेत दिएका थिए ।

टंक बुढाथोकी निर्देशित यो चलचित्रमा अशोक दर्जी ,सरोज खनाल,सन्तोष पन्त,रमा थपलिया, नीता ढुंगाना, भोला सापकोटा,बुद्दि तामाङ, रमेश विश्वकर्मा, रवीन्द्र झा,पार्वती अधिकारी , उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा,बिना राउत, ए.आर बुढाथोकी,बाबु पराजुली,रक्षा श्रेष्ठ,प्रियंका झा,विनय अधिकारी,आर्यन पोखरेल,विजय डंगोल लगायतका कलाकारको अभिनय रहेको छ ।

यसको ट्रेलरमा आएको सकारात्मक प्रतिक्रियाले आफुलाई ठुलो हौसला मिलेको र चलचित्रलाई पनि दर्शकले मन पराउने बिश्वास रहेको निर्देशक टंक बुढाथोकीले बताए ।चलचित्रको ट्रेलरलाई युटुबमा १० लाख बढी पटक हेरिसकिएको छ ।

बाल अशोक दर्जीलाई टंक बुढाथोकीले आफुसग राखेर ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ मार्फत उनको जीवन नै परिवर्तन गरिदिएका छन । अशोक हाल काठमाडौंमा कक्षा ९ मा अध्ययनरत छन् ।अशोकको पेरिफेरीमा रहेर निर्माण गरिएको यस चलचित्रमा सामाजिक विषयवस्तुमा प्रस्तुत गरिएको छ ।

टंक बुढाथोकीको निर्माण तथा निर्देशन, कथा रहेको यसमा पटकथा र संवाद शिवम अधिकारीको, संगीत पनि टंकको रहेको छ । टंक बुढाथोकी प्रोडक्सनको प्रस्तुतिमा तयार यस चलचित्रको निर्मातामा विष्णुमाया मैनाली, कार्यकारी निर्मातामा सपना शर्मा ( सपना), सह निर्मातामा जी.पी संग्रोला, बिबेक नेपाल र बिजया पाण्डे छन् । टिकाराम बुढाथोकी चलचित्रका क्रियटिभ निर्देशक हुन् ।

मन विनाको धनमा सौरभ लामाको छायांकन,कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी,मित्र डी.गुरुङको सम्पादन र नवराज शर्माको मुख्य सहायक निर्देशन रहेको छ । चलचित्रलाई एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरण गर्दैछ ।