ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ कात्तिक
सिन्धुली ढकाल गाउँकी रञ्जना बुढाथोकी सामाजिक कार्यकर्ताको रुपमा परिचित छन् । सात वर्षदेखि लायन्समा आबद्ध रहेकी उनी लायन्स डिस्ट्रिक एफ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ महिमा क्लबकी सचिव हुन् । यो क्लबबाट उनले नियमित रुपमा सामाजिक कार्य गर्दै आएकी छिन् ।
सर्लाहीको धरहरामा जन्मेकी रञ्जना सानै देखि सामाजिक कार्यमा रुची राख्थिन् । सोही क्रममा आफू सामाजिक कार्यका लागि संस्थागत रुपमा लायन्समा जोडिएको उनले बताईन् ।
त्यसो त उनी आफ्नो टोल सुधार समितिमा पनि कोषाध्यक्षको रुपमा छिन् । यिनै रञ्जना पछिल्लो समय मिसेस नेपाल वल्र्ड २०२५ मा प्रतियागीको रुपमा रहेकी छिन् । अहिले यो प्रतियोगिताको प्रशिक्षण चलिरहेको छ ।

एक छोरा र एक छोरीकी आमा रञ्जना व्यबसायसँग पनि जोडिएकी छिन् । उनी सेफ्टि सम्बन्धी सामग्रीको व्यबसायसँग जोडिएकी छिन् । यसै क्रममा रिबन इन्टरटेनमेन्ट द्धारा आयोजित मिसेस नेपाल वल्र्ड २०२५को प्रतियोगीको रुपमा रञ्जना रहेकी छिन् । उनी यो प्रतियोगिताको प्रतियोगी नम्बर २५ हुन् ।
मिसेस नेपाल वल्र्ड २०२५को ग्रान्ड फिनाले यही २९ कात्तिकमा काठमाडौँको महेन्द्र पुलिस क्लबमा हुँदैछ । यो प्रतियोगितामा सहभागी हुन श्रीमान राजेन्द्र सापकोटा, परिवार र छोराछोरीको ठुलो हौसला र साथ रहेको रञ्जनाले बताईन् । मिसेस नेपाल वल्र्ड २०२५मा सहभागी भएर धेरै कुरा सिक्ने अवसर पाएको पनि उनले जानकारी गराईन् ।
अहिले उनी यो प्रतियोगिताको फाईनलको तयारीमा जुटिरहेकी छिन् । हार जित आफ्नो ठाउँमा छ, तर कार्यक्रममा भाग लिएर एउटा फरक अनुभव र नयाँ कुराहरुको सिकाई भएको उनले बताएकी छिन् ।





