नेपाल चलचित्र कलाकार संघमा चार पदाधिकारी नियुक्त


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ कात्तिक

नेपाल चलचित्र कलाकार संघको रिक्त रहेको चार वटा पदमा संघको बैठकले चार जनालाई थपेृको छ । गत २ कात्तिक २को बैठकले संघको बिधान परिच्छेद ८ को दफा २६ को उपदफा (ग) र सोही परिच्छेद ८ को दफा २६ को उपदफा (ध) बमोजिम चार पदाधिकारीहरुको मनोनित गरिएको हो ।

वर्तमान कार्यसमितिमा रिक्त रहेका पदमा उपाध्यक्ष दुईजना र सदस्य दुईजना गरी चारजना पदाधिकारीहरुलाई विहिबार काठमाडौँमा आयोजना गरिएको एक समारोहमा सपथग्रहण गराएको छ । संघको बिधान बमोजिम २जना उपाध्यक्षमा क्रमशः जयन्त रेग्मी र राजकुमार शाहलाई मनोनय गरेको थियो । त्यसैगरी सदस्यहरुमा क्रमशः जीवन थापा र श्रीदेव भट्टराईलाई मनोनित गरिएको हो , चारैजना पदाधिकारीहरुलाई संघका तर्फबाट सपथ गराईयो ।

सोही समारोहमा आगामी नोभेम्बर ९ देखि १६ सम्म बेलायतमा सम्पन्न हुन गईरहेको अन्तर्राष्ट्रिय अधिवेशनमा नेपालको प्रतिनिधित्व गर्दै सहभागिता जनाउन जान लागेका कोषाध्यक्ष सुनिल कटुवाललाई बिदाई गरियो । सो सम्मेलनमा ६० मुलुकका चलचित्रकर्मीहरु सम्बद्ध सङ्घ संस्थाका ४५० भन्दा बढी प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहने संघका अध्यक्ष मोहन निरौलाले बताए ।

नव नियुक्त पदाधिकारीहरुलाई चलचित्र पत्रकार सङ्घ नेपालका अध्यक्ष समिर बलामी, चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदिप पराजुली, वरिष्ठ चलचित्रकर्मी एवं सङ्घका कानुनी सल्लाहकार कृष्ण ढुङ्गाना लगायतले शुभकामना सहित बधाई दिए ।