ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ कात्तिक
सडकमा गीत गाएर जीवन चलाउन बाध्य भएका बालक अशोक दर्जीलाई गायक तथा संगीतकार टंक बुढाथोकीले ७ वर्ष अघि काठमाडौँ ल्याएर गायक बनाए । क्षेत्रीले दर्जीलाई घरमा ल्याएर पालेको भन्दै टंकका आफन्तले उनलाई विभिन्न टिका टिप्पणी समेत गरे । टंकले अशोकलाई केही समयमै सकडमा छाड्नेछन भन्ने आरोप पनि लाग्यो । अहिले पनि अशोकलाई आफ्नो् छोरासँगै टंकले कक्षा ९ मा काठमाडौँमा पढाईरहेका छन् ।
अहिले टंक बुढाथोकीले अशोक दर्जीका लागि चलचित्र मन बिनाको धन निर्माण गरिदिएको छ । यो फिल्म कात्तिक २१ गतेबाट फिल्म हलमा रिलिज हुँदैछ । यसैबिच बुधबार काठमाडौँमा एक समारोहबिच यही चलचित्रको ट्रेलर रिलिज गरियो । ट्रेलरमा आफ्नो पीडा देखेर गायक अशोक दर्जी भक्कानिँदै रोए अशो्कको रोजन देखेर संगीतकार तथा गायक टंक बुढाथोकीले पनि आंशु थाम्न सकेनन् । सो पल नै भाव विह्वल बन्यो । अतिथि सिनेकर्मी, सञ्चारकर्मीदेखि कार्यक्रममा उपस्थित शुभचिन्तकसम्मको आँखा रसायो । अशोकले पनि आफूलाई यहाँसम्म ल्याउने सबैलाई सम्झिए । यसरी सम्झने क्रममा अशोक भाव विह्वल भए ।
अशोकलाई सडकबाट उठाएर घरमा आश्रय दिएपछि समाजबाट खेप्नु परेको आरोपकै कारण आफूले यो चलचित्र निर्माण गरेको यसका निर्देशक तथा लेखक टंक बुढाथोकीले बताए । चलचित्रबाट कमाएको मुनाफाले देशभरका विधालयका शिक्षक (गुरुहरु)का लागि विशेष कोष निर्माण गर्ने घोषणा पनि निर्देशक टंक बुढाथोकीले सो कार्यक्रममा गरे । आफूले यो चलचित्र सामाजिक सन्देशको लागि बनाएको पनि उनले बताए ।
अभिनेता सरोज खनालले यो चलचित्रलाई ‘छोटा पटाका, बडा धमाका’को उपाधि दिए । समाजको लागि यो यथार्थ र फरक चलचित्र बनेको पनि अभिनेता सरोजले बताए । यसका क्रियटिभ निर्देशक टिकाराम बुढाथोकीले पनि आफूहरुले अशोकलाई परिवारमा अहिलेसम्म कुनै विभेद नगरेको र छोराकै रुपमा सँगै राखेर शिक्षा दिक्षा गरिरहेको बताए ।
कार्यक्रमको दृष्य यो भिडियोमा हेर्नु होला





 
									 
							 
							 
							 
							 
							 
							 
							 
							 
							 
							