ब्युटी न्युज नेपाल
काठमाडौँ, १० कात्तिक
नेपाली सुगम संगीतकी लोकप्रिय गायिका अन्जना गुरुङले विगत दुई दशक भन्दा लामो समयदेखी नेपाली गीत सङ्गीतका विभिन्न विधाहरुमा आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आएकी छिन् । यिनै गायिकाको यहि कार्तिक २१ गते शुक्रबारका दिन काठमाडौँमा टिका गोपाल एम. क्रियशनले गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को आयोजनामा गर्ने भएको छ । सो दिन गायिका अञ्जना गुरुङको लोकप्रिय गीतहरुको प्रस्तुती हुुने आायोजक टिका गोपाल एम क्रियशनका अध्यक्ष गीत सिंहले जानकारी गराएकी छिन् ।
गायिका गुरुङका आँखैमा राख्छु मेरो देश, म त काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, आँधी सारी तिम्रो माया, ठ्याक्कै भेटौंला, नजर नजरको, जसले मुटु चुडेर लग्यो, माईला रोधी घरमा (कौडा), मान चाहे नमान तिमी मेरो हौ लगायतका गीतहरु कार्यक्रममा प्रस्तुत गरिने छ ।
नेपाली सांङ्गीतिक जगतमा गयिका गुरुङ एक परिचित र सम्मानित नाम हो। नेपाली सुगम संङ्गीतदेखि चलचित्रको पाश्र्वगायनसम्म, उहाँले आफ्नो जादुमय स्वर प्रस्तुत गर्दै आईरहेका छन् । सादगीपूर्ण व्यक्तित्व र सालिन र भद्र स्वभावकी गायिका गुरुङको आफ्नो छुट्टै जादुमय स्वरका कारणले पनि नेपाली सांङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै स्थान रहेको छ। गायिका अञ्जना गुरुङको एकल सांङ्गीतिक कार्यक्रम केवल मनोरञ्जनको अवसर मात्र पनि होइन, नेपाली संङ्गीतप्रति र गयिका गुरुङ प्रति कृतज्ञता प्रकट गर्ने एउटा मञ्च पनि हो।
गायिका गुरुङको एकल साङितिक कार्यक्रम–२०८२ को विशेष अवसर पारेर गायिका गुरुङको संरक्षकत्व तथा नेपाली साङ्गीतिक क्षेत्रका सुप्रसिद्ध गायन जोडी कन्हैया सिंह परियार र अन्ञ्जना गुरुङद्वारा स्थापना गरिएको “कन्हैया–अञ्जना राष्ट्रिय सङ्गीत पुरस्कार– २०८२” लाई पनि सोही समारोहमा प्रदान गरिने भएको छ । नगद एकाउन्न हजारको पुरस्कार राशी रहेको उक्त पुरस्कार यसवर्ष बरिष्ठ गायक कमल बि.क. “निर्मोही” लाई प्रदान गरिने भएको छ ।





