ब्युटी न्युज नेपाल
काठमाडौँ, ९ कात्तिक
तिहार अघिबाटै आयोजना हुँदै आएको गोदावरी चापागाउ व्यापार तथा सांस्कृतिक तिहार महोत्सव –२०८२ मा यही कार्तिक ११ गते मंगलबार बिशेष लाईभ कन्र्सट हुने भएको छ । जसमा गायक प्रमोद खरेलको साथमा परम्परा ब्याण्डको बिशेष सांगीतिक सांझ रहनेछ । उनको ब्याण्डको ब्यास्थापन औधोगिक शान्ति नेपाल संस्थाले सुरु गरेको छ । गायक प्रमोद भ्वाईस अफ नेपालका स्थापनाकाल देखिकै कोच समेत हुन् । महोत्सवको समापन स्वरुप उनको व्यान्डको विशेष कन्सर्ट गोदावरी चापागाउ व्यापार तथा सांस्कृतिक तिहार महोत्सव –२०८२ प्रस्तुत गर्न लागिएको हो ।
प्रमोदको व्यान्डको प्रस्तुति रहे पनि यो दिन अन्य कलाकारले पनि आफ्ना गीत संगीत नृत्य प्रस्तुत दिने छन् । कात्तिक ११ गते नै कविता खत्रि (नमस्ते ढोगदियाकी गायिका), सुस्मा शाही ठकुरी (मकैबारि दर्याम दर्यामकी गायिका), नमराज ढुङ्गना, सविना दाहाल, अनिता पौडेल, सम्झना घिमिर, सदिच्छा बजगाई, विनिता दाहाल, सरिता भारती, प्रताप हुमागाईलगायत दर्जनौं कलाकारको सोही स्टेजमा प्रस्तृति रहने महोत्सवका आयोजका नमराज ढुङ्गानाले ब्युटी न्युज नेपाललाई जानकारी गराए । तिहारको अबसर पारेर २६ असोजबाट सुरु भएको यो महोत्सव ११ कात्तिकमा समापन हुँदैछ ।
सो दिनको विशेष प्रस्तुतिमा अझ राम्रो बनाउन कार्की टेण्ट हाउसले स्टेजलाई आकर्ष बनाउने छ भने साउण्ड अडियो बगैंचाको रहेको छ । मेला व्यवस्थापनमा नमराज ढुङ्गना, शंकर श्रेष्ठ, तारा बाहादुर कार्की, मिलन श्रेष्ठ, दिपक पौडेल लगायतलाई झ्यालुन्टार युवा क्लब र गुठिले समेत समन्वय रहेको छ ।
यस पटक महोत्सवलाई भव्य रुपमा सफल बनाउन सहयोगी संस्थाको रुपमा टिकाभैरब सो–क्योकुसिन कराते शाखा डोजो, प्याङ गाउ सांस्कृतिक संरक्षण समाज, किवानज कल्ब अफ टाहाखेल, आदर्श के एण्ड जे कन्सल्टेन्सि, रेडक्रस उपशाखा चापागाउ रहेका छन् ।
यो महोत्सव सफल बनाउनमा गोदावरी नगरपालिकाको कार्यलय र वडा नम्बर १० पनि सहकार्य रहेको छ । महोत्सव अध्यक्ष ढुंगानाका अनुसार महोत्सव सहजीकरणमा भने वडा नम्बर –०७, ०६ र ०५ को विशेष भूमिका रहेको छ । यो महोत्सवलाई चापागाउ प्रहरी वृतले सुरक्षा प्रदान गरिरहेको पनि आयोजक नमराजले बताएका छन् ।
उक्त कार्यक्रममा दर्शकलाई मनोरञ्जन मा थप आकर्ष बनाउन वल्ड लिङ्कले निशुल्क इन्टरनेट सेवा दिएको पनि आयोजक पक्षले जनाएको छ । मेला को अन्तिम दिन प्रमोद खरेलको बिशेष कन्सर्ट मा आयोजकले सबैलाई निमन्त्रणा गरेको छ ।





