ब्युटी न्युज नेपाल
काठमाडौं, ८ कात्तिक
नेपालको पहिलो स्थानमा रहेको ओएसआर डिजिटल युट्युब च्यानलले १ करोड अर्थात १० मिलियन सब्स्क्राइ प्राप्त गरेको छ । योसँगै ओएसआर डिजिटल नेपालको सबैभन्दा बढी सस्क्राईब भएको युट्युव च्यानलको नयाँ रेकर्ड बनाउन पनि सफल भएको छ ।
सुरुका दिनमा ओम साई राम (ओएसआर)ले सिडी, भिसिडीमार्फत चलचित्र, गीतसंगीत आदि उत्पादन तथा विक्री बितरण गथ्र्यो । नेपालमा युट्युव च्यानलको प्रभाव सुरु भएसँगै ओम साई रामले ओएसआरको नामले युट्युव च्यानल स्थापना गरेको थियो । चलचित्र, चलचित्रका ट्रेलर, टिजर, गीत संगीतका भिडियोहरु रिलिज गर्दै आएको ओएसआर डिजिटल आज नेपालको सबैभन्दा बढी सस्क्राईब भएको च्यानल बन्न पुगेको छ ।
यस उपलब्धिलाई संस्थाको २५ वर्ष लामो यात्रा, निरन्तरता र दर्शकको विश्वासको उपजका रूपमा लिइएको यसका प्रबन्ध निर्देशक ओम अग्रवालले बताए । उनले १ करोड सब्स्क्राइ पुगेको अवसरमा दर्शक, कलाकार, संगीतकर्मी र सम्पूर्ण टिमप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय सामग्री र नयाँ योजनाका साथ अघि बढ्ने बताए।
‘तपाईंहरूले हेरेको हरेक भ्युज , लाइक र कमेन्ट नै हाम्रो ऊर्जा हो’ अग्रवालले भने,‘दर्शकको साथले यस सपनालाई आज यति ठूलो परिवार बनाइदिएको छ ।’
च्यानलले अब अन्तर्राष्ट्रिय स्तरमा सामग्री विस्तार गर्ने योजना समेत अघि बढाएको बताइएको छ । ओएसआर डिजिटलको अर्को च्यानल ओएसआर रियालिटी र ओएसआर मुभिज पनि एक्टिभ रुपमा चलि रहेका छन्, यी दुवै च्यानलमा २ मिलियन बढी सब्स्क्राइबर छन्।





