ब्युटी न्युज नेपाल
काठमाडौँ। ७ कात्तिक
गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो ।
गायिका नितु पौडेलले संगीतकार बाबुल गिरी (धनबहादुर गिरी)को अनामनगर स्थित (यम तिलक स्टुडियो) भित्र गत शनिबार आत्मदाहको प्रयास गरेको निज बाबुल गिरीले बताएका छन् । तर नितुका परिवारले नितुद्धारा आत्मदाहको प्रयास नभएको र उनको हत्या भएको दाबी गरेका छन् । नितु र बाबुल बिगत ८ वर्षदेखि प्रेम सम्बन्धमा रहेको नितुका दाजु गणेश पौडेलले बताएका छन् ।
बाबुल गिरीको स्टुडियोबाट शरीरमा आगो लगाएर गम्भीर घाइते भएको अवस्थामा प्रहरी तथा स्थानीयले उद्धार गरेर गायिका नितुलाई उपचारको लागि किर्तीपुर बर्न अस्पतालमा भर्ना गरेका थिए । सोही उपचारको क्रममा उनको आज बिहान ८ बजे तिर निधन भएको हो । संगीतकार तथा गायक बाबुल गिरीलाई प्रहरीले सोधपुछ गरिरहेको छ । सो घटना हत्या हो की आत्मदाह भन्नबारे प्रहरीले अहिलेसम्म कुनै कुरा बाहिर ल्याएको छैन ।
यसैबिच नितुका दाई गणेश पौडेलले बाबुल भनिने धनबहादुर गिरी बिरुद्ध प्रहरी कार्यालय सिंहदवारमा किटानी जाहेरी दर्ता गराएका छन् ।






