ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ कात्तित
अग्रज गायक आनन्द कार्की अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भएका छन् । उनले नेपालीसँगै हिन्दी भाषामा पनि थुप्रै गीत गजलहरु गाइसकेका छन् । नेपाली र अन्य भाषामा बिगत चार दशकदेखि गीत गाउँदै विशेष योगदान पुर्याएको भन्दै शान्तिवन, भारतमा आयोजित ग्लोबल समिट २०२५ मा गायक आनन्द कार्कीको गायन योगदानको कदर स्वरुप उनलाई सम्मानित गरिएको हो ।
भारतका विभिन्न विशिष्ट व्यक्तिसँगै नेपालबाट सो समिटलाई गायक कार्कीलाई सम्मानित गरिएको छ । शुभ दिपावली पर्वको अवसर पारेर आयोजना गरिएको शो समिटमा आनन्द कार्कीसँगै अन्य विभिन्न श्रष्टा पनि सम्मानित भएका छन् । विश्वभरका नेताहरू, कलाकारहरू र चिन्तकहरूको बीचमा गरिएको यो सम्मानले आफूलाई गर्वको अनुभूति भएको गायक आनन्द कार्कीले बताएका छन् ।
गायक आनन्द कार्कीले विभिन्न देशमा सम्पन्न सांगीतिक कन्सर्टहरुमा प्रस्तुत गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली गीत संगीतलाई पुर्याएका छन् । उनले भारतमा पनि कैयौँ सांगीतिक कार्यक्रममा आफ्ना गीत संगीत प्रस्तुत गरिसकेका छन् । यही योगदानको कदर स्वरुप ग्लोबल समिट सम्मानबाट आयोजक पक्षले उनलाई सम्मानित गरेको हो ।
सम्मान ग्रहणपछि काठमाडौँ फर्केका अग्रज गायक आनन्द कार्कीले यो सम्मान प्रति खुसी व्यक्त गर्दै भने,‘आयोजक संस्था र सम्पूर्ण टिमप्रति हार्दिक आभार सहित गहिरो सद्भभाव ब्यक्त गर्दछु । सम्पूर्ण दर्शक स्रोताहरुको माया र साथले यो सम्मान पाउन सफल भएको छु ।’