पुजा शर्मा महादशामा मुख्य भूमिकामा अनुबन्धित


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ कात्तिक

अभिनेत्री पूजा शर्मा ‘महादशा’मा अनुबन्धित भएकी छन्। यो चलचित्रमा उनी मुख्य भूमिकामा प्रस्तुत हुँदैछिन् । उनलाई निर्माण टिमले फिल्मको मुख्य अभिनेत्रीको रुपमा अनुबन्ध गरेको हो।

सोमबार फिल्मका लागि अनुबन्ध भएकी अभिनेत्री शर्माले यो अवसरमा आफु फिल्ममा अनुबन्ध हुन पाउँदा खुशी लागेको बताइन् ।

निर्माता किरण नेपालीको डेब्यु निर्देशन रहने यो फिल्मका लागि यसअघि निरुता सिंह,उत्तम प्रधानका साथै हिपहप कलाकार हाकिम गुरुङ,प्रमोद अग्रहरि र प्रेमा लामगाढे अनुबन्ध भइसकेका छन्। अन्य कलाकारमा बिनोद न्यौपाने,रियर राई,प्रभात लामा,रामचन्द्र अधिकारी,कमल देबकोटा,पुस्कर भट्ट,दिनेस काफ्ले ,रन्जन कोइराला,युबिक राज शाह,स्मृति कल्मर,एलिज पुन लगायत को अभिनय रहने छ।

निरुता र उत्तम कालजयी फिल्म ‘दर्पणछाया ’को जोडीको रुपमा लोकप्रिय छन्। उत्तम र निरुतासँगै अब पूजा शर्माको पनि दमदार अभिनय यो फिल्ममा दर्शकले हेर्न पाउने भएका छन्। चलचित्र ३६ को आँकडाको छायांकन सम्पन्न गरेपछि उनी यो चलचित्रमा अनुबन्धित भएकी हुन् । चलचित्र महादशाको छायांकन सुरु भईसकेको छ ।

लेकाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने फिल्ममा मनिष गौतमको पटकथा,राजेन्द्र शाह, श्याम मगर र अमलादेवी राई निर्माताको रुपमा छन्। लामो समय प्राविधिक पक्ष र निर्माण नियन्त्रणमा सक्रिय सुरज आचार्य यसमा कार्यकारी निर्माताको रुपमा आउन लागेका छन्। निर्देशक किरण नेपालीका अनुसार यो फिल्मले समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई कथाको रुपमा प्रस्तुत गर्ने छ ।