अधिका र चन्दू भए मिस एन्ड मिसेस इन्टरनेशलन वल्र्ड


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज

राजधानीमा आयोजना गरेको सौन्दर्य प्रतियोगिता ‘मिस एण्ड मिसेस नेपाल इन्टरनेसनल वल्र्ड २०२५’मा ‘मिस’ तर्फ अधिका कुमारी थापा मगरले शीर्ष उपाधि हाँसिल गरेकी छिन् । यस्तै ‘मिसेस’ तर्फ चन्दु बलामी शीर्ष विजेता भएकी छन् । दुवै विजेताले शीर्ष ताजसहित नगदसहित उपहार प्राप्त गरेका छन् ।

सामरी इन्टरनेसनल र एमकेएम फेसन हाउससँग सहकार्यमा सम्पन्न यो प्रतियोगितामा ‘मिस’ तर्फ प्रेक्षा श्रेष्ठ ‘फस्ट रनरअप’ हुँदा ‘मिसेस’तर्फ सरु कार्की ‘फस्ट रनरअप’ र डा. मिना प्रधान ‘सेकेण्ड रनरअप’ भए । यस्तै विधागततर्फ रञ्जु कार्की ‘पब्लिक च्वाईस’, युनिसा राई ‘भ्युअर्स च्वाइस’, सानु थापा ‘मेनेजमेन्ट च्वाइस’ घोषित भए ।

प्रतियोगितामा सेफ गोविन्द नरसिंह केसी, समाजसेवी तथा व्यवसायी सोनिया चाम्लिङ राई, गायक तथा र्यापर निर्णय श्रेष्ठ(एनएसके), र्यापर तथा राजनीतिज्ञ सिड वाग्ले र समाजसेवी दिलसागर वाग्ले निर्णायक थिए ।

विजेता तथा उपविजेतालाई पूर्व सांसद छिरिङ ल्हामु लामा(तामाङ), एनआरएनएका पुर्व अध्यक्ष विनोद कुँवर, सेफ एशोसिएसनका अध्यक्ष रेशमकुमार लामा तामाङले पुरस्कार प्रदान गरेका थिए ।