बबिताको निर्देशनमा निधार खाली भो…रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौं २९ असोज

कमल घले र जुनु प्रसाईको स्वरमा नयाँ गीत ‘निधार खाली भो…’को भिडियो दर्शकमाझ आएको छ । यो गीतमा सन्तोष प्रगाढको संगीत रहेको छ । दिनेश सुवेदीले यो गीत लेखेका हुन् ।

निर्देशक बबिता श्रेष्ठले तिहार लक्षीत गीत ‘निधार खाली भो’को भिडियोलाई आफ्नो निर्देशनमा तयार गरेकी हुन् । तिहारको बेला आफ्ना दाजुभाई परदेशबाट नफर्किंदा घरमा दाजुभाईको प्रतिक्षामा बसेकी चेलिको अगाडी एक्कासी बाकसमा लास आइपुग्दाको पिडालाई मर्मश्पर्शी ढंगले भिडियोमा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोमा बिमल अधिकारी, बिना राउत, कमल ताम्राकार, लक्ष्मी भण्डारी, नव थापा लगायतका कलाकारले अभिनय गर्नु भएको छ । गीतको भिडियोमा पोष्टर राजेन्द्र पुरी, सम्पादन विकास दाहाल, छायांकन मुकेश हुमागाई टिमको रहेको छ ।

आफ्ना अघिल्ला भिडियोहरुलाई जस्तै यो पछिल्लो सिर्जनालाई पनि दर्शक, श्रोताहरुले मनपराई दिनुहुने कुरामा आफु विश्वस्त रहेको निर्देशक बबिता श्रेष्ठले बताइन् ।