ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ असोज
नेपाली चलचित्र ‘वरिष्ठ बलराम’ भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रको मुख्य नायिकामा अभिनेत्री समृद्धि अर्याल रहेकी छिन् । उनको यो दोस्रो चलचित्र हो । धेरैलाई लाग्न सक्छकी समृद्धिले नायिका बन्न त्यति धेरै सँघर्ष गर्नु परेन । तर आफुले नायिका बन्नको लागि १० वर्षको समय खर्चेको यी अभिनेत्रीले बताएकी छिन् ।
अभिनत्री समृद्धिले चलचित्र ‘फर्की फर्की’बाट नेपाली चलचित्रमा डेब्यु गरेकी हुन् । उनले चलचित्रमा नायिका बन्नकै लागि चलचित्र अध्ययन समेत गरिन् । मुम्बईमा करिब पाँच वर्ष बसेर अभिनय सिकेकी यी नायिकाले त्यहाँ केही प्राजेक्टमा काम पनि गरिन् ।
आफ्नै देशमा केही गर्छु भनेर नेपाल फर्केर करिब पाँच वर्षको सँघर्ष पछि उनी नायिका भाएकी हुन् । आफुले काम गरेको चलचित्र फर्की फर्की हेरेर नायिकाको रुपमा निर्देशक सुरेन्द्र पौडेलले विश्वास गरेकोमा उनी सुरेन्द्र प्रति आभारी छिन् ।
‘वरिष्ठ बलराम’ अभिनेत्री समृद्धि अर्यालको दोस्रो चलचित्र हो । यो चलचित्र भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट नेपालमा रिलिज हुँदैछ । यो चलचित्रमा समृद्धि मुख्य नायिकाको भूमिकामा छिन् । छोटो समयमा उनले यो शीर्ष भूमिका पाएको चर्चा चल्ने गरेको भए पनि यसको लागि आफूले नेपाली चलचित्र उधोगमा करिब एक दशक सँघर्ष गरेको यी अभिनेत्रीले बताएकी छिन् ।
यो चलचित्रको ट्रेलरमा अभिनय हेर्दा समृद्धिले आफूलाई दुई नायकको प्रतिस्पर्धामा उतारेकी छिन् । अहिलेको चल्तीका दुई नायकसँग समानान्तर रुपमा उत्रनु सजिलो थिएन । यसका लागि उनले धरै मेहनत गर्नु परेको बताएकी छिन् ।
यो चलचित्रमा उनको जोडी अभिनेता विजय बरालसँग बाँधिएको छ । पहिलो पटक बिजयसँग काम गर्दा आफूले धेरै कुरा सिक्ने अवसर पाएको पनि यी अभिनेत्रीले बताएकी छिन् । यो चलचित्रमा आफ्नो कामले दर्शकको मन जित्ने विश्वास यी अभिनेत्रीको छ । फिल्ममा दयाहाङ राई र विजय जस्ता अग्रज कलाकारसँग काम गर्न पाएकोमा समृद्धि आफूलाई भाग्यमानी ठान्छिन् । यी अभिनेत्रीको भनाईमा उनी ‘वरिष्ठ बलराम’मा आफू ‘शो पिस’ नभएर एक कुशल चरित्रको रुपमा छिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ । “बलरामको क्यारेक्टरको जर्नीमा हेल्प गर्ने इम्प्याक्टफुल क्यारेक्टर छ,” समृद्धि अगाडि थप्छिन् ।
सुरुमा सिनेमाका लागि अफर आउँदा को कलाकार छ भन्दा दयाहाङ र विजय भनेर सुन्दा काम गर्न सक्छु र भन्ने भएको तर पछि यो काम सिक्ने मौका पनि हो भन्ने सोचर स्वीकार गरेको उनको भनाइ छ । पहिलो चलचित्र ‘फर्की फर्की’मा काम गर्दा धेरै नयाँ कलाकार भएकाले काम गर्न सहज भए पनि ‘वरिष्ठ बलराम’मा भने अग्रज अभिनयमा पारंगत कलाकार भएकाले संकोच र सिकाई दुवै भएको उनले बताइन् ।
आफ्नो सिने करियरको यात्रामा ‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले सहयोग गर्ने उनको भनाइ छ । कुशुमको क्यारेक्टरमा देखिने उनले भनिन्, “यो क्यारेक्टर भोलि कति लोकप्रिय हुन्छ, त्यो त थाहा छैन । तर, दर्शकले सम्झिने खालको छ भन्ने लाग्छ ।”
सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ, विजय र समृद्धिसँगै पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरीलगायतको अभिनय रहेको छ । निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन रहेको फिल्मको पटकथा महेश दवाडीले लेखेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की फिल्मका निर्माता हुन् ।