ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ असोज
दसैँको अवसर पारेर गायक सुरेश लामा र गायिका सुष्मा थापाको स्वरमा नयाँ गीत तिमीसँग…को भिडियो बजारमा आएको छ । यो गीतलाई विष्णु भण्डारीले लेखेका हुन् । यो गीतमा सरोज पोखरेलको संगीत रहेको छ ।
रोमान्टिक शैलीमा तयार पारिएको आधुनिक गीत ‘तिमिसंग’ को भिडियो पनि त्यत्तिकै रोमाञ्चक प्रेम सम्बन्धमा आधारित छ । यो गीतको भडियोमा लोकप्रिय मोडल तथा अभिनेता यसराज गराच र नायिका तेजुला खतिवडाले अभिनय गरेका छन् । यी दुईको रोमान्सलाई भिडियोमा समेटिएको छ ।
यो गीतको भिडियोमा उत्सव दाहालको छायांकन, विकास दाहालको सम्पादन रहेको छ । सुदिप अधिकारीले निर्माण गरेको यो भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् ।
https://youtu.be/lkTZKDGTuqA