ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज
फूलपातिको दिन सोमबारबाट रिलिज भएको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’ तेस्रो दिन बुधबारसम्म आईपुग्दा चलचित्र घरमा दर्शकको उछाल देखिएको छ । यो चलचित्रको व्यापार उत्साहजनक रुपमा बढेको छ । यो चलचित्रको बुधबार महानवमीको दिन मुलुक भर अधिकाँस चलचित्र घरहरु हाउसफूल देखिएका छन् । बिहीबार टिकाको दिनको लागि अग्रिम सिटहरु तिब्र गतिमा बुक भईरहेको छन् ।
चलचित्र ‘हरिबहादुको जुत्ता’लाई सोमबार पहिलो दिन जम्मा १३४ शो मात्र दिईएको थियो । तेस्रो दिन बुधबार शोजहरु बढेर १४८ पुगेको छ । सँगै रिलिज भएका तीन चलचित्रको तुलनामा निधै थोरै शो पाएर पनि पहिलो दिन चलचित्र हरिबहादुरको जुत्ताले अक्युपेन्सीको हिसावमा सबै भन्दा बढी व्यापार गरेको थियो । १३४ शो प्रर्दशन भएर यो चलचित्रले २४ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ ।
यस्तै चलचित्र हरिबहादुरको जुत्ताले दोस्रो दिन बक्स अफिसमा ३४ लाख ७३ हजार रुपैयाँ ग्रस कमायो । यो फिल्मको दुई दिने कमाइ ५९ लाख ५८ हजार ग्रस भएको छ । यो व्यापार अहिलेको अवस्थामा निकै प्रशंसनीय रहेको देखिन्छ ।
सरोज ओली र मोहित वंश आचार्य निर्मित एवम् दीपेन्द्र के खनाल निर्देशित चलचित्र हरिबहादुरको जुत्तामा हरिबंश आचार्य, स्वस्तिमा खड्का, प्रियँका कार्की, प्रकाश सपुतलगायतको मुख्य भूमिका रहेको छ । चलचित्र हेर्न पारिवारिक दर्शकको अहिले हलमा ओइरो लागेको छ ।