ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ असोज
फूलपातिको दिन सोमबारबाट रिलिज भएको नेपाली चलचित्र ‘हरिबहादुरको जुत्ता’को व्यापार उत्साहजनक छ । यो चलचित्रको मंगलबार अस्टमीको दिन मुलुक भर अधिकाँस चलचित्र घरहरु हाउसफूल भएको यो चलचित्रका निर्माता सरोज ओलीले फेसबुक स्टाटस मार्फत बताएका छन् ।
यतिबेला रिलिज भएका तीन नेपाली चलचित्रहरु मध्य चलचित्र ‘हरिबहादुरको जुत्ता’लाई सबै भन्दा थोरै चलचित्र शो उपलब्ध गराईएको थियो । बिहीबार टिकाको दिनबाट यो चलचित्रको सो बढाउने कुरा चलचित्र घर सञ्चालकहरुले आफूहरुसँग गरेको पनि सरोजले बताए । उनका अनुसार हाल प्रदर्शनमा आएका बाँकी दुई चलचित्र भन्दा कम बजेटमा यो चलचित्र तयार गरिएको हो ।
चलचित्र ‘हरिबहादुको जुत्ता’लाई सोमबार पहिलो दिन जम्मा १३४ शो मात्र दिईएको थियो । तीन चलचित्रको तुलनामा निधै थोरै शो पाएर पनि पहिलो दिन चलचित्र हरिबहादुरको जुत्ताले अक्युपेन्सीको हिसावमा सबै भन्दा बढी व्यापार गरेको छ । १३४ शो प्रर्दशन भएर यो चलचित्रले २४ लाख ८५ हजार रुपैयाँको व्यापार गरेको चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्टमा उल्लेख छ । यो व्यापार अहिलेको अवस्थामा निकै प्रशंसनीय रहेको देखिन्छ ।
कतीपय चलचित्र घरमा हरिबहादुरको जुत्ता चलाईएको थिएन । यो चलचित्रलाई दर्शकले मन पराएपछि मंगलबारबाट बाँकी चलचित्र घरले पनि हरिबहादुरको जुत्तालाई रिलिज गरेका छन् । नेपालका १६० वटै हलबाट हरिबहादुरको जुत्ताको माग भएको, सोमबार रिलिज नगरिएका केही हलले मंगलबार हरिबहादुरको जुत्ता रिलिज गरेको पनि निर्माता सरोजले बताएका छन् ।
सरोज र मोहित वंश आचार्यले निर्माण गरेको चलचित्र हरिबहादुरको जुत्तालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । चलचित्रको स्कृप्ट हरिवंश आचार्यले लेखेका हुन् । चलचित्रमा हरिवंशसँगै प्रकास सपुत, स्वस्तिमा खड्का, प्रियंका कार्की, किरण केसी, निर्मल शर्मा, दिब्यदेव पन्तलगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।