एक खुट्टाले नृत्य गर्ने सिता सुवेदी रहिनन्


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ असोज

नृत्य कलाकार एवम् गायिका सीता सुवेदीको ४० वर्षको उमेरमा निधन भएको छ । एक खुट्टाले नृत्य गरेर चर्चा कमाउँदै आएकी सीता पछिल्लो समय फोक्सोको क्यान्सरबाट पीडित थिईन् । उनको क्यान्सरको समस्या चौथो चरणमा पुगेपछि बल्ल जानकारी भएको थियो । आज मंगलबार बिहान साढे ६ बजे त्रिवि शिक्षण अस्पतालमा उनको निधन भएको हो । उनी तीन महिनादेखि फोक्सो क्यान्सरबाट पीडित थिइन् ।

गायिका एवम् नृत्य कदाकार सीतालाई बिगत एक महिनादेखि अस्पतालको भेन्टिलेटरमा रहेकी थिइन् । उनलाई केही हप्ता अघि नै चिकित्सकहरुले बचाउन गाह्रो हुने बताएका थिए । चितवन निवासी सीताको एक छोरी पनि छिन् । चितवनबाट परिवार आएर उनको मंगलबार नै अत्यस्टी गर्ने भएका छन् ।

उनले एक खुट्टाले नाचेरै आफ्नो पहिचान बनाएकी थिइन् । उनको नृत्य प्रतिभा निकै गजवको थियो । उनले सयभन्दा धेरै स्टेज प्रस्तुतिसमेत दिइसकेकी थिईन् ।

सुवेदी क्लासिक नेपाल फाउण्डेसनकी संस्थापक थिईन् । रिवन इन्टरटेनमेन्ट द्धारा आयोजित मिसेस नेपाल इन्टरनेशनल २०२३की बिजेता उनी प्रेरक वक्ता, गायिका, इन्टरमिडियट–लेभल कत्थक नृत्यमा स्वर्णपदक विजेता समेत हुन् ।