भ्रष्टाचार मुद्धाका कारण संगीता बन्न पाईनन मन्त्री
ब्युटी न्युज नेपाल
काठमाडौं, ७ असोज
आइतबार बसेको मन्त्री परिषदको बैठकले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका पाँच जना मध्य चार जनालाई आफ्नै निवासमा आज राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पाँच जना मध्य स्वास्थ्य मन्त्रीमा सिफारिस भएकी संगीत कौशल मिश्राको नियुक्त भने खारेज भएको छ । उनी बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान केन्द्रमा भ्रष्टाचरका मुद्दा भएका कारण मिश्राको नाम मन्त्रीबाट फिर्ता गरिएको छ ।
उनी बाहेक बाँकी चार जना नवनियुक्त मन्त्रीहरू अनिलकुमार सिन्हा, महावीर पुन, मदनकुमार परियार र जगदीश खरेललाई राष्ट्रपति पौडेलले राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा शपथ गराइएको हो ।
शपथ समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल उपस्थित थिए । साथै समारोहमा संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा अधिकारीलगायत उपस्थित थिए ।

यस्तो छ मन्त्रीहरुको बरियताक्रम
नवनियुक्त मन्त्री पुनले शिक्षा, विज्ञान तथा प्रविधि, मन्त्री परियारले कृषि तथा पशुपन्छी, सिन्हाले उद्योग, वाणिज्य तथा आपूर्ति, कानुन न्याय तथा संसदीय मामिला र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र मन्त्री खरेलले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । मन्त्रीमा नियुक्त भएकाहरु मध्य खरेल इमेज च्यानलका समाचार प्रमुख हुन भने मन्त्री सिन्हा सर्वाच्च अदालतका पूर्वन्यायाधीश हुन् । त्यस्तै आफूलाई कवाडी बैज्ञानीक भन्न रुचाउने दुर्गम क्षेत्रमा ताररहित इन्टरनेट सेवा विस्तार गरी विश्वमै ख्याति कमाएका मन्त्री पुन राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख हुन् । यसैगरी मन्त्री परियार कृषि विज्ञ हुन् ।

सञ्चार मन्त्री जगदिश खरेल आफ्नो मन्त्रालयमा पदभार ग्रहणपछि नयाँ निर्णायमा हस्ताक्षर गर्दै
‘जेनजी’ समूहको आन्दोलनले केपी शर्मा ओलीको सरकार पदस्त भएपछि सुशीला कार्कीको नेतृत्वमा २७ भदौमा नयाँ सरकार बनेको हो । यो सरकारमा प्रधानमन्त्री सुशिला पछि तीन जना मन्त्री नियक्त भएका थिए । त्यसपछि आज फेरी चारजना मन्त्री नियुक्त भएका हुन् । यो चारजनाको नियुक्तीसँगै ८ जनाको मन्त्री मण्डल बनेको छ । आज नियुक्त भएका चार जना मन्त्रीले नै आ आफ्नो मन्त्रालय पुगेर पद ग्रहण गर्दै जिम्मेवारी सुरु गरेका छन् ।