ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ असोज
कहिले काही राम्रो काम गर्दा पनि बैरीले नराम्रो तुल्याउँछन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा. संगीता कौशल मिश्राको अबस्था यही थियो । कोरोना समयमा कोशी प्रदेश अस्पताल बिराटनगरमा रहेकी उनले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणमा प्रशंसनीय काम गरेकी थिईन् । पदमा पुगेपछि गफ हैन काम गर्नु पर्छ भन्ने हुटहुटी बोकेकी उनी स्वास्थ्य मन्त्रालयमा सचिब त भईन् । तर उनलाई मुख्य जिम्मेवारीबाट पन्छाएर अतिरिक्त (पद मात्र, खास्सै जिम्मेवारी नदिएको अवस्था) सचिब बनाईएको थियो । सक्रिय सचिबलाई यसरी निस्कृय तुल्याउँदाको उनको पीडा सायदै अरुलाई महसुस भएको थियो होला ।
यति बेला डा. मिश्राको पीडामा अन्तरिम सरकारले मलम लगाउने काम गरेको छ । डा. मिश्रालाई आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यो सरकारमा स्वास्थ्य मन्त्रीको जिम्मेवारी दिईने निर्णाय सहित राष्ट्रपतिलाई सिफारिस गरेको छ । अब उनले सोमबार बिहान राष्ट्रपतिबाट स्वाूस्थ्य मन्त्रीमा नियुक्तसँगै सपथ ग्रहण पनि गर्नेछिन् ।
यसरी स्वास्थ्य मन्त्रालयको अतिरिक्त सचिव भएर दिन काट्ने पर्दाको अवस्थामा रहेकी डा. मिश्रालाई स्वास्थ्यमन्त्री बन्ने प्रस्ताव आएपछि उनले आफ्नो पदबाट आइतबार नै राजीनामा दिएकी छिन् । उनी कुशल चिकित्सा भएकै कारण यो मन्त्रालयको जिम्मेवारी उनले राम्रोसँग निर्वाह गर्ने विश्वास गरिएको छ ।
उनी कोशी अस्पतालको जिम्मेवारी पछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख तथा प्रवक्ता, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदै डा. मिश्रा हाल स्वास्थ्य मन्त्रालयकी अतिरिक्त सचिवमा कार्यरत थिईन् । यसरी अतिरिक्त सचिव पदबाट एकाएक मन्त्रीकै जिम्मेवारी पाउँदा उनलाई अहिले सपना जस्तो लागेको छ । आशा छ, यो अन्तरिम सरकारमा डा. मिश्राको कार्यकाल प्रसंसनीय हुने छ ।