काठमाडौं, ३० फागुन

गायिका प्रकृति थलङले आफ्नो नयाँ गीत मेरो मुटु…को भिडियो दर्शकमाझ ल्याएकी छिन् । बुद्धराज राईको शब्दरचना र कमल रसाइलीको संगीत रहेको यो गीतको भिडियो युट्युव मार्फत उनले रिलिज गरेकी हुन् ।

वियोगान्त भावको यो गीतमा निराजन प्रधान र सोना पालुङुवा लिम्बूले मोडलिङ गरेका छन् ।

भिडियोमा यी जोडीको बियोग कथा प्रस्तुत गरिएको छ । सञ्चारकर्मी एमपी सुब्बाले निर्देशन गरेका यो भिडियोमा नबिनबाबु गुरुङ छायाँकन, टेकेन्द्र शाहको सम्पादन छ ।