रुजनको स्वरमा नयाँ गीत चञ्चले आँखा रिलिज


ब्युटी न्युज नेपाल
केन्टकी (अमेरिका), २० सेप्टेम्बर

अमेरिकाको भर्जिनियामा रहेर स्थानीय कार्यक्रममा गीत गाउँदै आएका झापा (नेपाल)का गायक रुजन सिवाकोटीले आफ्नो स्वरमा नयाँ गीत ‘चञ्चले आँखा…’को भिडियो रिलिज गरेका छन् । यो गीतलाई गायक रुजनले अमेरिकाको बाल्टिमोरमा रहेको संगीतकर्मी राजु लामाको आरएल डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरेका हुन् ।सुनिल क्षत्री र नायिका केकी अधिकारीले अभिनय गरेको यो गीतको भिडियो रुजनले आफ्नो अफिसियल युट्युब च्यानलबाट रिलिज गरेका छन् ।

यो गीतमा रुजनसँगै गायिका मेलिना राईले युगर स्वर छ । डीपी खनालले लेखेको यो गीतमा देवेन्द्र बरालले संगीत गरेका हुन् । गीतमा विषम आचार्यको संगीत संयोजन, कुमार केसीको मिक्सिङ रहेको छ ।

यो गीतको भिडियोमा निकै रमाईलो बनेको छ । भिडियोका निर्देशक सुनिल क्षेत्र र नायिका केकी अधिकारीको नृत्य यो गीतको भिडियोमा निकै राम्रो छ । भिडियोको निर्देशन सुनिलकै हो । विभिन्न सुन्दर दृष्यलाई उनले भिडियोमा कैद गरेका छन् । गीत जस्तै भिडियो पनि नृत्य प्रधान बनेको छ ।

चञ्चले आँखा… गीतको भिडियोमा अबी वाग्लेको कोरियोग्राफी, दिनेश पराजुलीको छायांकन, अमृत चापागाईँको सम्पादन र रंग संयोजन छ । यो गीतको भिडियोलाई दर्शकले मन पराएकोमा रुजनले खुसी व्यक्त गरेका छन् ।