ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ असोज
चलचित्र दर्पण छायां तथा लहनामा सर्वाधिक रुचाईएको जोडी अभिनेता उत्तम प्रधान र अभिनेत्री निरुता सिंहलाई फेरी चलचित्रमा सँगै देख्न पाईने भएको छ । यो जोडीलाई नयाँ नेपाली चलचित्र महादशामा अनुबन्धित गरिएको छ ।
उत्तम प्रधान र निरुता सिंहले पनि यो चलचित्रमा फेरी जोडीको रुपमा अनुबन्धित हुन पाउँदा खुसी व्यक्त गरेका छन् । लामो समयपछि उत्तम चलचित्र कल्लीबाट अभिनयमा फर्किएका छन भने निरुता अहिले अर्को नयाँ चलचित्र ३६ को आँकडाको छायांकनमा छिन् ।
किरण नेपालीको निर्देशनमा तयार हुने यस चलचित्रमा समाजका विविध पक्ष र जीवनका चुनौतीपूर्ण परिस्थितिलाई प्रस्तुत गरिने बताइएको छ । लेकाली इन्टरटेन्मेन्टले निर्माण गर्ने फिल्ममा प्रमोद अग्रहरी, प्रेमा लामगाढे र हाकिम गुरुङको अभिनय रहनेछ । दशैं पछिबाट छायांकनमा जाने यो चलचित्र हरर जनरामा निर्माण गरिँदैछ ।
मनिष गौतमले लेखेको फिल्ममा राजेन्द्र के शाह, श्याम मगर र अमला देवी राईले लगानी गरेका छन् । सुरज आचार्य कार्यकारी निर्माता रहेका छन् ।