नयाँ मन्त्री बने खनाल, घिसिङ र अर्याल, राष्ट्रपतिद्धारा सपथ


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ

प्रधानमन्त्री सुशीला कार्कीले आईतबार बेलुका नै तीन जनालाई आफ्नो मन्त्री मण्डलमा मन्त्रीको लागि सिफारिस गरेकी थिईन् । यसरी सिफारिस पछि आज अर्थविद् रामेश्वर खनाल, उर्जाविद् कुलमान घिसिङ र कानुन ब्यबसायी ओमप्रकाश अर्याल मन्त्रीमा नियुक्त भएका छन् ।

0आज राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो जलेको निवासकै अगाडी चौरमा यी तीनजना नवनियुक्त मन्त्रीहरूलाई शपथ ग्रहण गराए । जस मध्य रामेश्वर खनाललाई अर्थ मन्त्रीको जिम्मेवारी दिईएको छ । मन्त्रिपरिषदमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ ।

यसैगरी दोस्रो वरीयता क्रममा राखिएका कुलमान घिसिङलाई मा ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पुर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिईएको छ । तेस्रो वरीयतामा गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल छन् । बाँकी मन्त्रालय प्रधानमन्त्री मातहतमा रहनेछन् । सपथ ग्रहणपछि तीन जना नयाँ मन्त्रीहरुले आ आफ्नो मन्त्रालय पुगेर आजै पदभार ग्रहण गर्दैछन् ।