१ असोज बुधबार राष्टिय शोक दिवससँगै विदा


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३० भदौ

आज तीन जना नयाँ मन्त्रीले सपथ खाएसँगै नयाँ मन्त्री परिषद सक्रिय भएको छ । आज सोमबार बसेको मन्त्रिपरिषद् बैठकले १ असोज बुधबारलाई शोक दिवसमा मनाउने निर्णय गर्दै त्यो दिन सार्वजनिक विदा घोषणा गरेको छ । १ असोजको दिनलाई नयाँ सरकारले शोक दिवसको रुपमा मनाउने निर्णय गरेको नव नियुक्त गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।

यो दिन शोक दिवससँगै जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूला राष्ट्रिय झण्डा ओड्याउने निर्णय समेत भएको अर्यालले बताएका छ ।
यस्तै जेनजी आन्दोलनमा ज्यान गुमाएर सदगद हुन बाँकी रहेकाहरुको पनि सोही दिन राष्ट्रिय झन्डा ओढाएर राष्टिय सम्मानका साथ राज्यको तर्फबाट अन्त्यष्टी गरिने भएको छ ।

जेनजी आन्दोलनका क्रममा हालसम्म देशभरि ७२ जनाको ज्यान गएको छ भने २ हजार ३१६ जना घाइते भएका छन् । जसमध्ये हालसम्म उपचार पछि २ हजार घाईते अस्पतालबाट घर फर्किसकेका छन् । बाँकीको उपचार भईरहेको छ ।