हल खुलेसँगै चलचित्र रिमै प्रदर्शन नियमित हुने


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ भदौँ

मुलुकभर  जेनजी आन्दोलनका कारण गत मंगलबार २५ भदौमा प्रदर्शन स्थगित गरिएको नेपाली चलचित्र ‘रिमै’ सोमबार ३० भदौबाट नियमित प्रदर्शन हुने भएको छ । यो चलचित्रका निर्माता बिरबल गुरुङका अनुसार ३० भदौबाट देशभरीका चलचित्र हलहरु खुल्ने भएकाले यो चलचित्रको प्रदर्शनी नियमित रुपमा गर्न लागिएको हो । चलचित्र रिमैले रिलिज भएको तीन दिनमा राम्रो व्यापार गरेको थियो । धेरै दर्शकले यो चलचित्र हेर्न बाँकी रहेको निर्माण पक्षले जनाएको छ ।

गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् ।
चलचित्र रिमैमा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको अभिनय रहेको छ ।

वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।

खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, बिष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन रहेको छ । यो सिनेमा आगामी भाद्र २० गतेबाट देशब्यापी प्रदर्शनमा आउँदैछ ।