नेकपा माओबादीको १९ नेताको घर र धनमाल लुटियो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ भदौ

केपी ओलीको हठका कारण एमाले र काँग्रेस मात्र हैन, नेकपा माओबादीले पनि त्यत्तिकै ठुलो क्षती ब्यहोर्नु परेको छ । हुन त एमाले र काँग्रेसका नेताहरुको घरमा मात्र आगलागी र लुटपाट भयो भनेर एकतर्फ हल्ला पनि फैल्याइयो । तर जेनजी आन्दोलनका कारण २५ भदौमा नेकपा माआबोदी केन्द्र नेताहरुको पनि घरमा अगजनीसँगै लुटपाट गरिएको छ ।

माओबादी चितवन जिल्लाको पार्टी कार्यालय जल्दै गर्दा

माओबादीको पेरिस डांडामा रहेको केन्द्रीय कार्यलयसँगै कोशी प्रदेशको पार्टी कार्यालय, चितवन जिल्लाको पार्टी कार्यालयमा तोडफोडसँगै आगजनी गरियो ।

माओबादीको पेरिस डांडामा रहेको केन्द्रीय कार्यलय तोडफेड र आगजनी अबस्थामा

नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले गरेको सामाजिक सञ्जालमाथिको प्रतिवन्ध र कुशासनका कारण भएको जेनजी आन्दोलनको आडमा नेकपा माओबादीका १९ जना नेताको घर तथा धन सम्पत्तिमा क्षती पुर्याईएको छ ।

जेन–जी आन्दोलनको क्रममा आफ्ना १९ जना नेताहरूको घर जलाइनुका साथै धनमाल लुटिएको विवरण माओवादी केन्द्रले आज सार्वजनिक गरेको छ । माओबादीले क्षतीको थप विवरण संकलन गर्नेक्रम जारी रहेको बताएको छ ।

सो विवरण यस प्रकारको छ

१. अध्यक्ष पुष्प कमल दाहाल‘प्रचण्ड’को खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोडपछि र आगो लगाएर पूरै जलाइयो ।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै जलाइयो ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै जलाइयो ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घरमा तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवासमा तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणी खनालको घरमा तोडफोड र लुटपाटपछि आगजनी ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर तोडफोड र लुटपाट पछि आगजनी ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर तोडफोड, लुटपाट पछि आगजनी ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको चितवन स्थित घर तोडफोड, लुटपाट पछि आगजनी ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त
१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. ⁠केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।