सुशिला कार्की नेपाल पहिलो महिला प्रधानमन्त्री


ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ भदौ

नेपालको पहिलो महिला प्रधानमन्त्रीको रुपमा पूर्व न्यायधिस सुशीला कार्की नियुक्त भएकी छिन् । २४ भदौबाट सुरु गरेको जेनजी पुस्ताको आन्दोलनले चौथो दिनमा आज मुलुकलाई नयाँ महिला प्रधानमन्त्री दिएको हो ।

राष्ट्रपति कार्यालय शीतनिवासमा आयोजति विशेष समारोहबिच कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पदको शपथ गराएका छन् । नेपालको पहिलो महिला प्रधान न्यायधिस शुसिलाले सपथसँगै नेपालको पहिलो महिला प्रधानमन्त्रीको इतिहास पनि रचेकी छिन् ।

मुलुकमा सामाजिक सञ्जाल बन्द गरेर १९ जना किशोर केशोरीको ज्यान केपी शर्मा ओलीको सरकारले लिएपछि ओलीले प्रधानमन्त्री पदबाट मंगलबार राजिनामा दिनु परेको थियो । अहिले प्रतिनिधि सभा नै भंग गरेर जेनजीको माग अनुसार शुशिलालाई प्रधानमन्त्री नियुक्त गरिएको हो । यो सँगै आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने भएको छ ।