ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ भदौ
अभिनेता एवम् निर्देशक दीपकराज गिरीले आफूलाई नियमित धम्की आउन थालेको बताएका छन् । उनले आज सामाजिक सञ्जालमा एक पोष्ट गर्दै धम्कीको बारेमा खुलासा गरेका हुन् । आफूलाई फोनबाट र म्यासेजमा पनि धम्की अएको उनले बताएका छन् । आफूले जेनजी पुस्तालाई सर्पोट गरेको भन्दै धम्की आईरहेको उनले उल्लेख गरेका छन् ।
उनले आफ्नो फेसबुक स्टाटसमा धम्कीबारे यस्तो लेखेका छन्,
‘दोस्रो दिन जब स्कूल ,कलेज जाने साना साना बालकहरूको टाउकोमा गोली लागेर ढलेको तस्बिर देखियो त्यो देखे पछि को नै चूप लागेर बस्न सक्यो होला र ? भोली पल्ट म मात्रै होइन मेरा लगभग सबै कलाकार साथिहरूले स्ट्याटस लेख्यौ , प्र. म . ज्यू लाइ थप खष्यभिलअभ रोक्नका लागि राजिनामा दिन अनुरोध पनि गर्यौ !कति जना त सडकमा नै गयौ , लगभग त्यतिबेला धेरै अभिभावकहरू आफ्नै बच्चा मरेको पिडाबोध गरेर सडकमा आइसकेका थिए , राजिनामा आउन ढिलो भैरहेको थियो ! त्यसपछि हिसा झन भडकियो ,यस्को फाइदा अनेक तत्वले लिन थाले , घुसपैठ भयो , लुटपाट गर्ने , आगो लगाउने मानिसहरू सक्रिय भएको देखियो अनौठौ भिडमा सरकार बिरोधी पार्टीका कार्यकर्ताको बाहुल्यता धेरै देखियो ! त्यसको प्रमाण त अहिले सामाजिक संजालहरूमा देखिन थालि पनि सकेको छ ।
राजिनामा आएपछि पनि नरोकिएको त्यो बबंडर बिरूद्द हामिले लगातार सामाजिक संजालमा पोष्ट गर्न थाल्यौ ! त्बिध्वस रोक्न कलाकारहरू र केहि राजनीतिकर्मीहरू मिलेर लगातार अनुरोध गरिरह्यौ , थुप्रै सकारात्मक पोष्टहरू गर्यौ तर त्यो रोकिएन, न्भल श् को त्यो आन्दोलनले अर्कै मोड लियो , स्वार्थ समूह छिरे पछि जे भयो त्यो हामि सबैले देख्यौ , नभल –श् आन्दोलन सफल त भयो तर त्यो बिध्वंसले कोहि खुशि भएनन, मन भारी भैरह्यो ! सायद कोहि नेपाली निदाएनन होला त्यो रात…. यसमा सबै पक्षको केहि न केहि गल्ति भएको छ, तर सरकार पक्षिय भनेका केहि मानिसहरू यस्को आडमा आफ्नो गल्ति महसूस गर्न छोडेर एक एक लाइ छोडिने छैन , बदला लिइनेछ भनेर स्ट्याटस नै ठोक्न थालेको देखे, मलाइ आएको कलको र म्यासेजको कुरा त गरिहाले , जहां सम्म मेरो कुरा छ , २०४६ सालको ठूलो आन्दोलनमा तपाइहरू संगै आन्दोलनमा सडकमा नै थिए म , ६२÷६३ मा पनि आफ्नो पेशा नै धरापमा राखेर तपाइहरूकै माग लाइ समर्थन गरेर तपाइहरूकै कित्तामा उभिएकै हो ! हरेक खाले परिबर्तनको सबालमा तपाइहरू संगै उभिएर केहि राजनीतिक लाभ नलिइकन सकारात्मक भूमिका नै निभाएको हूं! अहिले पनि केहि लोभले यो आन्दोलन लाइ समर्थन गरेको होइन , भाइ बहिनीहरू ले शुसासन र भ्रष्टाचारको मुद्दा उठाउनुभो त्यसमा समर्थन जनाइयो , जुन स्वभाबिकै थियो ,सरकारलाइ दवाव पनि दिइयो यदि यो गर्नु अपराध हो भने म बाट पनि अपराध भएकै छ !
अस्तिको आन्दोलनमा पनि सबै दोषि मात्रै दन्डित भएनन कति निर्दोष मान्छेहरू पनि खष्अतष्m हुन पुगेको देखेको छू , यदि तपाइहरूले धम्कि दिए जस्तै भयो भने म पनि त्यो त्यहि सूचिमा थपिनेछू भनेर चित्त बुझाउनु बाहक म संग अर्को बिकल्प छैन !
होइन भने यहां बाट सबैले आ आफ्नो गल्ति महसूस गरेर क्रान्ति प्रतिक्रान्ति र बदलाका कुरा छोडेर एकजूट भइ पुन ः मूलूक निर्माणको बारेमा सोच्नु पर्ने हो कि? जय आमा नेपाल !