ब्युटी न्युज नेपाल
काठमाडौँ, २४ भदौ
जेनजी पुस्ताको आन्दोलनले यति बेला उग्र रुप लिएको छ । जेनजी पुस्ताका प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा समेत आगजनी गरेका छन् । यही संसद भवनको दम्बमा आफ्ना १९ जना साथीहरुको ज्यान लिएको भन्दै उनीहरुले आगजनी गरेका हुन् ।
अहिले प्रदर्शनकारीहरूको ठुलो भीड संसद् भवन परिसरमा छ । धेरै प्रदर्शनकारीहरु तोडफोड गरेर संसद भवन भित्र पसे । त्यसपछि उनीहरुले आगजनी सुरु गरेका हुन् ।
जेनजीबाट सुरु भएको आन्दोलनमा आज जेनएक्स र जेनवाई पनि सहभागी भएका छन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।