जेनजीको आन्दोलनमा मृतकको संख्या १४ पुग्यो


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

काठमाडौँमा जेनजी पुस्ताको आन्दोलनमा यो समाचार तयार गर्दासम्म प्रहरीको गोलीबाट १४ जनाको मृत्यु भईसकेको छ । अझै आधा दर्जन युवाहरु गम्भिर अपस्थामा रहेको र उनीहरुको धमाधम अप्रेसन भईरहेको ट्रमा सेन्टरले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जनाको मृत्यु भएको हो ।यसरी हालसम्म मृतकको संख्या १४ जना पुगेको छ । अहिलेसम्म अस्पतालले मृतकको पहिचान खुलाएको छैन ।

दिउँसो ४ बजेसम्मको विवरण अनुसा सबैभन्दा बढी घाइते सिभिल अस्पतालमा छन् । सिभिलमा ५० जना भन्दा बढी घाईते रहेको र इमरजेन्सीमा ठाउँ नभएर भईँमा उपचार भईरहेको पनि अस्पतालले जनाएको छ । यस्तै ट्रमा सेन्टरमा २४, केएमसी अस्पतालमा २०, त्रिवि शिक्षण अस्पतालमा १५ र एभरेष्ट अस्पतालमा ३४ जना घाइते छन् । हालस १४० भन्दा बढीको अस्पतालमा उपचार भईरहेको छ ।