जेन जीको आन्दोलन चर्केपछि काठमाडौको विभिन्न क्षेत्रमा कफ्र्यू आदेश


ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ

सरकारले २६ वटा सामाजिक सञ्जाल बन्द गरेको बिरुद्ध ‘जेन जी’ पुस्ताले सुरु गरेको बिरोधले आन्दोलनको रुपमा लिएपछि अहिले काठमाडौँको नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ ।

यसै बिच जिल्ला प्रशासन कार्यालय काठमाडौंले बानेश्वर सहित काठमाडौंको विभिन्न क्षेत्रमा कफ्र्यु आदेश जारी गरेको छ । सिडियो कार्यालयले बानेश्वर–तिनकुने क्षेत्रमा केही मिनट अघि कफ्र्यु लगाएको थियो ।

त्यसपछि राष्ट्रपतिको कार्यालय शीतलनिवास क्षेत्र, उपराष्ट्रपतिको कार्यालय लैनचौरसँग नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा समेत कफ्र्यु लगाएको छ ।

शन्तिपूर्ण भनिएको आन्दोलनले हिंसाको रुप लिएपछि कफूर्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कफ्र्यु लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेश पत्रमा उल्लेख गरिएको छ ।