ब्युटी न्युज नेपाल
काठमाडौँ, २३ भदौ
आज बिहान १० बजेदेखि काठमाडौँको माईतिघरबाट ‘जेन जी’ पुस्ताले सुरु गरेको सामाजिक सञ्जाल बन्द बिरुद्धको आन्दोनले विस्तारै उग्र रुप लिएको छ । माइतिघरबाट सुरु भएको जुलुस नयाँ वानेश्वरको संसद भवन अगाडी पुगेर झडपमा परिण भएको छ ।
सरकारले केही चल्तीका सामाजिक सञ्जालको पहुँचमा लगाएको प्रतिबन्ध र राजनीतिक भ्रष्टाचारको विरोधमा सुरुमा प्रदर्शन निकै शान्तपूर्ण भए पनि बानेश्वरको संसद भवन अगाडि पुगेपछि यसले आन्दोलनको रुपमा लियो । ‘जेन जी’ पुस्ताको आन्दोलनमा बाहिरी व्यक्तिको घुसपैठ भएपछि आन्दोलन चर्केको हो । आन्दोलनको क्रममा ‘जेन जी’ पुस्ताहरु संसाद भवन भित्रै छिरेपछि सो क्षेत्रमा अहिले प्रहरीले टियर ग्यास र रवरको गोली चलाएको छ । जसबाट थुप्रै युवाहरु घाईते भएका छन् । तै पनि सो क्षेत्रमा आन्दोलन जारी छ ।
बानेश्वर क्षेत्रमा आन्दोलनले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालयले सो क्षेत्र सहित विभिन्न क्षेत्रमा कफ्र्यु लगाउने घोषणाको तयारी गर्दैछ ।