राजेश र सुनिताको स्वरमा आयो मेयर हर्क साम्पाङमा समर्पित गीत


ब्युटी न्युज नेपाल
काठमाडौँ, २० भदौ

गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको स्वरमा नयाँ गीत सार्वजनिक गरिएको छ । गीतकार तथा व्रिटिश गोर्खा आर्मी केशव राईको शब्दमा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ प्रती समर्पित गीत ‘हर्क साम्पाङ आए अब देशको बिकाश हुन्छ’ शीर्षकमा रहेको छ । पवन बान्तावा राईले संगीत भरेको गीत विशाल चौतारी टिभि युट्युव च्यानलबाट सार्वजनिक भएको हो ।

मेयर हर्क साम्पाङ प्रती समर्पित गीतमा राजु कार्कीको एरेञ्ज रहेको छ । यस गीतको भिडियोलाई बिशाल राईले बनाएका हुन् । यस गीतमा ध्रुव राई काइला प्रस्तुती तथा प्रोड्युसर रहेका छन् । गीत सार्वजनिक भएपछि दर्शक, श्रोताहरुबाट राम्रो प्रतिकृया आइरहेको गीतकार केशवले बताए । केशवको यस भन्दा अगाडी गाउँबेसी र आसुको भेल बालेको गीत सार्वजनिक भैसकेको छ ।

गीत सार्वजनिक भएको दिनदेखी नै नेपालमा सरकारले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयका कारण फेसबुक र युट्युव नचलेपछि भने गीतलाई पनि असर गरेको छ । सामाजिक सञ्जाल बन्दका कारण गीत, संगीत क्षेत्रपनि प्रतक्ष्य मारमा परेको छ । फेसबुकमा प्रचार प्रसारसंगै युट्युवकै कमाई नै गीत, संगीत निर्माताहरुका लागी मुख्य आए श्रोत रहेको थियो ।