ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
तिहारको अबसर पारेर नेपाली चलचित्रब ‘वरिष्ठ बलराम’ आगामी कात्तिकको ६ मा रिलिज हुने भएको छ । यो चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । चलचित्रको आज पोस्टर र टिजर सार्वजनिक गरिएको छ । चलचित्रको पोष्टरमा अभिनेता दयाहाङ राई र विजय बराललाई स्थान दिईएको छ । यी दुईसँगै समृद्धि अर्याल, माओत्से गुरुङ, भोलाराज सापकोटा, पशुपति राई, प्रदीप कुमार चौधरी पनि पोस्टरमा समेटिएका छन् ।
चलचित्रको टिजरमा दयाहाङ र बिजयबिच आपसी द्धन्द्ध देखाईएको छ । चलचित्र सामाजिक कथामा आधारित रहेको देखिन्छ । यी दुबैको आ आफ्नो समुह भएको र दुई समुह बिचको टक्कर यो चलचित्रमा रहेको टिजरले दर्साएको छ ।
पोस्ट प्रोडक्सनमा रहेको यो चलचित्र ‘वरिष्ठ बलराम’ मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरीलगायत कलाकारको अभिनय छ । यो चलचित्र सुरेन्द्र पौडेलको चौथो निर्देशकीय सिनेमा हो । दृश्य सम्पादक समेत रहेका पौडेलले यसअघि ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् ।
मानकृष्ण महर्जनको छायांकन रहेको फिल्ममा प्रशान्त सिवाकोटी र विशेष पाण्डेको संगीत, सम्राट शाक्यको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको फिल्ममा महेश दवाडीको लेखन छ । वृषभ सिद्धि इन्टरटेन्मेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको फिल्ममा आशिष एच तामाङ र श्रीराज कार्की निर्माताको रुपमा छन् । कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुस्कर बी घिमिरे छन् । यो फिल्मको छायांकन चितवनमा गरिएको हो । यो चलचित्रलाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।