चलचित्र ’हरिबहादुरको जुत्ता’ को दोश्रो गीत ढाका टोपी शिरैमा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ

चलचित्र ‘हरिबहादुरको जुत्ता’ आगामी १३ असोज दसैंको अबसरमा रिलिज हुने भएको छ । फूलपतिको दिन चलचित्र घरमा आउने यो चलचित्रको दोश्रो गीत ’ढाका टोपी शिरैमा…’को भिडियो आज काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरिएको छ । यो गीतमा आशिस अविरल र मेलिना राईको स्वरमा रहेको छ । यो नयाँ गीत ’ढाका टोपी शिरैमा’ लाई नेपाल प्रहरीर्का आईजी एवम् गीतमा दानबहादुर कार्कीले लेखेका हुन् । गीतमा दिपक शर्माको संगीत रहेको छ ।

यो गीत लोक शैलीमा तयार गरिएको छ । गीतको भिडियो सार्वजनिक कार्यक्रमलाई सम्बोधन नेपाल प्रहरीका नयाँ आईजिपी चन्द्रकुवेर खापुङले आएईजी दानबहादुर कार्की राम्रा गीतकार भएकाले यो गीत पनि त्यत्तिकै राम्रो लेखेको बताए । उनले गीत र चलचित्रको सफलताको कामना पनि ब्यक्त गने ।
चलचित्रको लागि नै आफूले यो गीत लेखेको गीतकार कार्कीले बताए । गीतमा मार्फत टोपीको सान र रिवनको महत्व पनि आफूले दर्शाएको गीतकार कार्कीले कार्यक्रममा बताए ।

यसका संगीतकार दीपक शर्माले यो गीत आफूले लोक धुनमा केन्द्रित रहेर बनाएको बताए । गीत सफल हुने विश्वास उनले कार्यक्रममा व्यक्त गरे ।
लोक शैलीलाई फिल्मी स्टाइलमा तयार पारिएको गीतलाई दर्शकले रुचाउने विश्वास गरिएको छ। किरण थापाको कोरियोग्राफीमा तयार भएको यो गीतको भिडियोमा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर रहेको छन्। कृष्ण बहादुर थापाले खिचेको भिडियोलाई नहकुल खड्काले सम्पदान गरेका छन् । यस अगाडी सार्वजनिक ’बेला बितेसी’ बोलको गीत युट्युवमा २० लाख बढी पटक हेरिएको छ भने २ लाख बढी टिकटक बनेको छ।

दिपेन्द्र के खनाल निर्देशित चलचित्रमा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सिता न्यौपाने, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र दशैँको फूलपाती (असोज १३) गतेबाट प्रदर्शनमा आउंदैछ। एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितबंश आचार्यले निर्माण गरेका छन्। कृष्ण बहादुर थापाले खिचेको चलचित्रलाई नकुल खड्काले सम्पादन गरेका छन्। वसन्त सापकोटा, दिपक शर्मा र प्रकास सपुतको संगीत रहेको चलचित्रमा आशिस अविरल, समिक्षा अधिकारी, मोहितवंश आचार्य, समिर खरेल र सज्जा चौलागाईको स्वर सुन्न सकिन्छ।