ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ
निर्माता निर्देशक कृषा चौलागाईँ यति बेला नयाँ चलचित्र जहाजैमाको निर्माण तयारीमा छन् । यो चलचित्रबाट सौगात मल्ल बाहिरिएपछि जहाजैमाको निर्धारित समयमा छायांकन हुन सकेका छैन । उनको ठाउँमा अर्को अभिनेता राखेर यसको छायांकन गर्ने तयारी हुँदैछ ।
यसैबिच आफ्नो जन्मदिन पारेर निर्माता निर्देशक कृषाले बुधबार बेलुका अर्को नयाँ चलचित्र ‘पारस’को घोषणा गरेकी छिन् । कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुण कुमार चौधरी पनि उपस्थित थिए । उनले नयाँ चलचित्रको लागि शुभकामना ज्ञापन गरे ।
हुन त यो चलचित्रको आगामी फागूनबाट छायांकन सुरु गरिने भनिएको छ । तर आफ्नो जन्म दिनमा केक काट्दै उनले यो चलचित्र निर्देशनको घोषणा गरेकी हुन् । जसमा कथा पनि उनकै हुने छ ।
यो चलचित्रमा आफू र भाई विशाल चौलागाईंको लगानी रहने उनले घोषणा समारोहमा जानकारी गराईन् । यो चलचित्रको स्कृप्ट हाल सचिन लदियाले लेखिरहेका छन् । जसमा पुरुषोत्तम प्रधानको डीओपी रहने छ ।
केपी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा एक्सन र लभ दुवै हुने कृषाको भनाई छ । कृषाले फिल्मको कथा पहिलो पटक नेपालमा आएर सचिन लदियाले लेखिरहेको सुनाइन् । फिल्मका कलाकार र प्राविधिकहरूको विषयमा केही पनि बोलिएको छैन ।