झन चर्कियो दीपकराज र सन्तोष सेन बिरुद्धको फेसबुक आरोप प्रत्यारोप


ब्युटी न्युज नेपाल
काठमाडौँ, १९ भदौ

दु्ई दिन अघिबाट सुरु भएको निर्माता कलाकार दीपकराज गिरी र अर्का निर्माता निर्देशक सन्तोष सेनबिचको आरोप प्रत्यारोप आज पनि जारी छ । दुबैले बिहीबार पनि सामाजिक सञ्जालमा एकले अर्कालाई आरोप लगाउन छाडेनन् । सुरुमा दिपकराज गिरीले चलचित्र माइतिघरको पक्ष लिँदै सन्तोष सेनलाई सामाजिक सञ्जालमा व्यँग्य गरेपछि निर्माता सन्तोष सेनले पनि सोही अनुसारको जावफ दिए । आज बिहीरबार फेरी दीपकराज गिरीले सन्तोष सेनलाई लक्षित गरेर आफ्नो फेसबुकमा यस्तो स्टाटस लेखेका छन् । पाठकहरुले यो दुबै स्टाटस पढेर को सही र को गलत पक्कै छुट्याउनु हुनेछ भन्ने हाम्रो विश्वास छ । दिपकराज गिरीको आजको फेसबुक स्टाटस यस्तो छ ः

‘आज म लेख्दैछू ….
खेताला संस्कृति र प्रचार गरिएको अडियो को बास्तबिकता !!!
कुरा पोहोर सालको देखिकै हो …..
म रातदिन चलचित्र बनाउने काममा लागेको थिए ! एक्कासी बिहान देखि बेलुका सम्म निरन्तर गालि र गलौज आउन थाल्यो ! सुरू मा त यो के भैरहेको छ भनेर म छक्क परे !
दिनभरी फिल्मको काम गरेर आयो राति सामाजिक संजाल हेर्यो अनेकौ गालि , गलौज बहिष्कारको धम्कि आउन थाल्यो ! बिस्तारै यो क्रम बढ्न थाल्यो !! तनाब बढ्दै गयो , म पूरै रक्षात्मक भए , घेरै दिन सम्मको मेरो तनाबयुक्त अनुहार देखेर मेरो बच्चाहरूले मलाइ भने “ ड्याडि यो फिल्म क्षेत्र अब छोडिदिनुस , तपाइले त यो लभनबतष्खष्तथ सहन सक्नु होला तर हामिलाइ चाहि गारो भो ! तपाइले त केहि बोल्नै हुन्न गालि गर्छन गर्छन , हाम्रो धबिि मा समेत आएर जय १२ गॉउ भन्छन ! ष्लदयह मा नै आएर तथानाम भन्छन ! हामिलाइ सपोर्ट गर्ने मान्छे लाइ फोन गरेरै धम्काउछन!
अब के गर्ने ? साइबर कार्यालय जॉउ भने कानून हाम्रो फितलो छ ! त्यसैले प्लिज ड्याडि बिदा लिनुस अब , आराम गर्नुस”
३० बर्ष देखि चलचित्र क्षेत्रमा लागेर आफूले प्राप्त गरेको सफलतामा गौरब गर्नु पर्ने एउटा कलाकारले आफ्ना बच्चाको मुख बाट यस्तो शब्दहरू सुन्दा मेरो मानसिक अबस्था कॉहा पुग्यो होला ? मेरो त्यो बेलाको अबस्था ….उफफ
तैपनि यो सबै मानसिक चोटहरू बोकेर बच्चाहरू लाइ “ संघर्ष नै जीबन हो भनेर सम्झाए “ बिस्तारै आफ्नो बाटो तिर लम्के !
अस्ति एक्कासि निर्माता रोहित अधिकारीको कल आयो “ दाइ तपाइलाइ जस्तै मलाइ पनि त्यस्तै गर्न लागे के गर्ने होला ? “ साइबरमा उजूरी दिए , सन्तोषको मान्छे ले मलाइ त धम्कि नै दियो मैले रेकर्ड पनि गरेको छू “ उनले भने !
उस्को यस्तो पिडा सुनेपछि त्यो पिडा आफ्नै जस्तो लाग्यो र उनलाइ भेट्न गए , उनका
सबै कथा सुने , त्यो हाम्रो अडियो भनेर प्रचार गरिएको अडियोमा मैले उस्को पिडायुक्त आक्रोश सुने , म खासै बोलेको पनि छैन त्यसमा , मेरो पिडा सुनाएको छू !
निर्मल दाइले त झन मान्छे सान्छे कुट्ने कुरा गर्नु हुदैन है ? सामाजिक संजालको कुरा समाजिक संजालमा नै मिलाउनु पर्छ पनि भन्नु भयो तर हाम्रो त्यो कुरालाइ अतिरंजित गरेर सन्तोष भाइले मेरो नामै तोकेरै शेयर गरेर पानि माथिको ओभानो हुन खोजे , तर उनले रोहित अधिकारीलाइ बिहान देखि फलो गरेको र हामि बसेका ठॉउमा मान्छे लगाएर आफू बाहिर बसेर प्लानिग गरेको , भिडियो प्राप्त भयो , त्यसपछि म आफै छक्क नै परे !
के सम्म गर्न सक्ने रहेछन यी भाइहरू भनेर! त्यो अअतख फुटेज र हामिलाइ फलो गरेको भिडियो रोहित अधिकारीले केहि बेरमा शेयर गर्ने छन् हेर्नु होला !!अन्त्यमाः
कस्तो शान्त क्षेत्र थियो , सबै मिलेरै चलचित्र चलाउथ्यौ सबैको राम्रै भैरहेको थियो , पोहोर साल देखि कस्तो भोजपुरी कथकतझ भित्र्यायौ हामिले ? चुनाब जस्तो बनायौ,हराऔ, जिताऔ ! ठोकौ, , सिध्याऔ , मारौ , काटौ फिल्ममा एक्सन गर्नेले रियल मै एक्सन प्रदर्शन गर्न थाले ! यो खेताला संस्कृति अन्तय् गर्नु पर्छ , थाहा छ यो लडाइमा म माथि आक्रमण पनि हुन सक्ला तर अन्नाय बिरूद्द लाग्ने आफ्नो स्वभाबको कारण पनि अब पछि हटन सकिन्न ! साथ सहयोगको अपेक्षा छ!!
हे कालिमाता ! तपाइको झूठो कसम खाने मेरो क्षेत्रको भाइहरू लाइ पनि माफि दिनुस !!!’

दीपकराज गिरीको स्टाटस यसरी आएपछि सन्तोष सेनले पनि उनको स्टाटसको मुनी यस्तो प्रतिक्रिया दिएका छन् । प्रतिक्रियामा सन्तोषले यस्तो लेखेका छन् ।

‘बलिदान र मेरो विरुद्ध षड्यन्त्र रचेर योजनाहरू बुन्ने काम तिमीहरूले गर्र्छौ.. तर बोलेर वा लेखेर मात्र कसैले पत्याउँदैन..।
अरुलाई हराउन, सकाउन कसरी योजना गर्छौ भन्ने कुरा कसैले देख्दैन, त्यसैले सत्य उजागर गर्न अनुसन्धान अझै गहिर्याउनै पर्छ जता– जता तैनाथ सतर्क बढाउनै पर्छ..। यदि खुकुरी काँधमा राखेर “यो बोल, त्यो बोल” भनेर जबर्जस्ती गराएको भए, सजॉय भोगिन्छ ..तर आज एउटा सुभचिन्तकले गाली गरेको भरमा
मेरो नाममा मुद्दा दर्ता गर्न लगाउनु झुटो आरोपमा । प्रहरी सम्म दुःख दिन पठाउनु त्यो जायज हुदै छैन.. के भयो त त्यो दर्ता ?
सत्य तथ्यको खोजीमा, आफ्नो बचाउका लागि आरोपको प्रमाण मास्टर प्लान के हुदैछ सत्यको खोजीमा जानु अपराध हो र..? दाई अब एउटा कुरा त गर्नै पर्छ त्यो अडियो मा थोरै मात्र आएको छ तियो रेस्टोरेंट बाट फुल भिडियो को आवाज सहित
निकाल्न पर्छ साह्रै गर्नु भो यार…. अरुको भलो बिगार्ने, अरुलाई खाडलमा हाल्ने घृणित योजना बन्द गरौ..।
जय नेपाल।
जय नेपाली सिनेमा।’