सन्तोष सेन विरुद्ध माइतिघरका निर्माताको साइबरमा उजुरी


ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ भदौ

चलचित्र ‘माइतीघर’को निर्माताले मंगलबार दिउँसो साइबर ब्युरो पुगेर चलचित्र ‘बलिदान’को टिम र निर्माता तथा निर्देशक सन्तोष सेन विरुद्ध भोटाहिटी स्थित साइबर ब्युरोमा उजुरी दिएका हुन् । २५६८ नम्बरमा उनको जाहेरी दर्ता भएको छ ।

निर्माता रोहित अधिकारीले उजुरीमा आफ्नो चलचित्रको व्यापारमा हानी पु¥याउने काम सामाजिक सञ्जालमार्फत बलिदान टिमले गरेको आरोप लगाएका छन् ।

‘बलिदान’को टिमबाट चलचित्र ‘माइतीघर’लाई व्यावसायिक रूपमा असफल बनाउन सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी सहित ह्रास्मेन्ट गर्दै आएको उजुरीमा उल्लेख गरेका छन् ।

उता साइबर ब्युरोले बिहीबार दुबै पक्षलाई बोलाएर यस विषयमा छानविन गर्ने भएको छ । केही दिन यताबाट ‘माइतीघर’ र ‘बलिदान’ गरी दुवै पक्षबिच सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलिरहेको थियो । माइतिघरका तर्फबाट निर्माता अधिकारी सहित दीपकराज गिरीले समेत बलिदान टिमलाई सामाजिक सञ्जालमा विभिन्न आरोप लगाएका छन् ।