चलचित्र निर्देशक सुमनलाई मेरिल्यान्ड सिनेटद्धारा सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौँ, १६ भदौ
अन्तराष्ट्रिय नेपाली कलाकार समाज (इनास)को अमेरिका शाखा ‘इनास अमेरिका’ले आफ्नो राष्ट्रिय अधिवशेन शनिबार पेन्सिलभेनियाको हेरिसबर्गमा सम्पन्न गरेको छ । इनास अमेरिकाका अध्यक्ष एवम् अभिनेता राहुल केसीको सभापतित्वमा सम्पन्न सो राष्ट्रिय अधिवेशनमा चलचित्र निर्देशक एवम् ब्युटी न्युज नेपालका संयुक्त राज्य अमेरिका समाचारदाता सुमन दाहाल सम्मानित भएका छन् ।

इनास अमेरिकासँग सम्बद्ध रहेर सो संस्था मार्फत पुर्याएको योगदानको कदर स्वरुप मेरिल्यान्ड सिनेटका तर्फबाट मेरिल्यान्ड राज्यका सिनेटर (सांसद) एबी किंग्सले सुमन दाहाललाई सम्मान पत्र प्रदान गरेका छन् । मेरील्यान्ड सिनेका तर्फबाट दिइएको सो सम्मान पत्रमा निर्देशक एवम् सञ्चारकर्मी सुमन दाहाललाई सम्बोधन गर्दै यस्तो देखिएको छ,‘अन्तर्राष्ट्रिय कलाकार समाज–अमेरिकामा तपाईँको उत्कृष्ट योगदानको सम्मान गर्दै चलचित्र निर्देशकको रुपमा कलाप्रति तपाईँको समर्पण, रचनात्मकता र प्रतिवद्धताले उनीहरुको संस्था र बृहत नेपाली कलात्मक समुदायमा स्थायी प्रभाव पारेको अबगत गराउद छौँ ।’

यसरी अमेरिकामा रहेर विभिन्न लघु चलचित्र, म्युजिक भिडियोको निर्देशन, विभिन्न चलचित्र गीत संगीत तथा कला साहित्य सम्बन्धि नियरन्तर योगदान दिँदै आएकोमा निर्देशक सुमन दाहाललाई राज्य संसदका तर्फबाट सम्मानित गरिएको हो ।

‘इनास अमेरिका’कोे राष्ट्रिय अधिवशेनमा शनिबार इनासकी केन्द्रिय उपाध्यक्ष सबु गदालले सो सम्मान पत्र प्रदान गरेकी हुन् । यो सम्मान पत्रले आफूलाई चलचित्र एवम् गीत संगीत कला साहित्य क्षेत्रमा काम गर्न अझ हौसला मिलेको सञ्चारकर्मी तथा निर्देशक सुमन दाहालले बताए ।

हाम्रा अमेरिका समाचारदाता सुमन दाहाल मेरील्यान्ड राज्य संसदका तर्फबाट सम्मानित भएकोमा हार्दिक बधाई सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछौँ ।