ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ
नेपाली चलचित्र ‘शिवांश : च्याप्टर–१’ को रिलिज आगामी २७ कात्तिकमा गरिने भएको छ । निर्माणपक्षले चलचित्रको रिलिज मिती सार्वजनिक सहित फस्ट लुक्स पनि बाहिर ल्याएको छ । फस्ट लुक्स अर्थात पोष्टरमा कैलाश पर्वतमा शिव र शिवको वाहन साँढे समेटिएको छ । पोस्टरमा जटाधरी शि
व कैलाश पवर्ततर्फ उक्लिँदै गरेको र साँढेको निधारमा त्रिशूल छ । यो चलचित्र शिबको शक्तिको कथामा प्रस्तुत छ । शीबलाई यसमा सुपर हिरोको रुपमा प्रस्तुत गरिएको छ ।
यो चलचित्रको छायांकन पोखरा आसपासमा गरिएको हो । यो चलचित्रमा तेज गिरी, प्रवीण खतिवडा र रुषा न्यौपाको मुख्य भूमिका रहेको ‘शिवांश ः च्याप्टर–१’मा विकास जोशी, विमला लिम्बू, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौलालगायत कलाकारको पनि अभिनय रहेको छ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । उनको यो डेब्यु निर्देशकीय सिनेमा हो । निर्मातामा अञ्जान केसी छन् ।
यसमा सरद महतो छायांकन, विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीत लेखन, न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीतसँगै राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहेको छ । मिलन श्रेष्ठको द्वन्द्व निर्देशन, विक्रम चोहानको कोरियोग्राफी रहेको चलचित्रमा विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर, भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) छन् ।
चलचित्रको कथा निर्माता अञ्जान केसी स्वयंले लेखेका हुन् । स्क्रिनप्ले बारत लिम्बूको छ । सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन् । चलचित्रको सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन् । सिनेमाका कार्यकारी निर्माता सम्भू थापा हुन् ।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहेको चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरी, मिलन मानन्धर प्रोडक्सन म्यानेजर, कमल मिश्र कस्ट्युम, तुलसा लिम्बू एमयूए, युवाहाङ राई पोस्टर फोटोग्राफी रहेका छन् । चलचित्र चौतारीले पोस्ट प्रोडन्सनको काम गरिरहेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ ।