गंभिर विषयमा सामाजिक जनराको चलचित्र निर्देशन गर्दै आएका निर्देशक खनालले यसपटक हास्य विधालाई निकै रोचकसँग प्रस्तुत गर्न सकेको यो टिजरले देखाएको छ ।
……………………………………………………
ब्युटी न्युज नेपाल
काठमाडौँ, ११ भदौ
यहाँहरु धेरैले मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यको लोकप्रिय हास्य टेलि सृँखला ‘मदनबहादुर हरिबहादुर’ त पक्कै हेर्नु भएको हो । यो टेली सृँखलाका हरिबहादुरलाई अब एउटा नयाँ चरित्रमा चलचित्र ‘हरिबहादुरको जुत्ता’मा देख्न पाईने भएको छ । यो चलचित्रमा उनी महाचोरको चरित्रमा प्रस्तुत हुँदैछ ।
चलचित्र हरिबहादुरको जुत्ता यही आउँदो दशैँको अवसर परेर १३ असोज फूलपातिमा मुलुकका चलचित्र घरमा रिलिज हुँदैछ । यसै क्रममा यो चलचित्रको बुधबार टिजर सार्वजनिक गरिएको छ । यसको टिजरले एउटा चोरले गर्नु परेको संघर्षको कथा निकै हास्य रुपमा प्रस्तुत गरेको छ ।
हाँसोसँगै त्यो चोरका, आँसु र करुणालाई पनि टिजरमा हेर्न पाईन्छ । लामो समयपछि अग्रज कलाकार हरिबंश आचार्यले यो चलचित्र मार्फत दर्शकलाई भरपुर मनोरञ्जन दिने कुरा यो टिजरले दर्शाएको छ ।
यो चलचित्रलाई दीपेन्द्र के. खनालले निर्देशन गरेका हुन् । गंभिर विषयमा सामाजिक जनराको चलचित्र निर्देशन गर्दै आएका निर्देशक खनालले यसपटक हास्य विधालाई निकै रोचकसँग प्रस्तुत गर्न सकेको यो टिजरले देखाएको छ ।
यो चलचित्रमा हरिबहादुरको रुपमा हरिवंश आचार्य छन् । उनीसँगै प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपुत, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणी नेपाललगायत कलाकारहरूको अभिनय रहेको टिजरले जनाएको छ ।
यो चलचित्रलाई एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । चलचित्रका छायांकन कृष्ण बहादुर थापा, सम्पादन नहकुल खड्काको, संगीतमा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको रहेको छ ।