अस्ट्रेलियामा तीज कार्यक्रम, निता र हरिहरको प्रस्तुति


ब्युटी न्युज नेपाल
काठमाडौँ, १० भदौ

अभिनेत्री निता ढुंगाना र अभिनेता एवम् नितका पति हरिहर अधिकारी यतिबेला अस्ट्रेलियामा छन् । यी दम्पत्ति तीजको अवसरमा त्यहाँ गएको हुन् । यसै क्रममा अस्ट्रेलियाको बर्वुडमा नेपाली हिन्दु समाजको आयोजनामा तीज महोत्सव सुरु भएको छ । नेपाली समुदायको सहभागितामा आयोजना गरिएको कार्यक्रममा अभिनेत्री तथा निर्मात्री नीता ढुंगानाले तीजको ब्रत कार्यक्रमको उद्घाटन गरेकी छिन् ।

महोत्सवमा सांस्कृतिक प्रस्तुति, पूजापाठ, नृत्य, तथा तीज सम्बन्धित विविध कार्यक्रम समावेश गरिएको आयोजकले जनाएका छन्। कार्यक्रम बिहान १० बजेदेखि बेलुकी ८ बजेसम्म सञ्चालन भएको थियो ।

कार्यक्रममा अभिनेत्री ढुंगानासँगै ज्योतिष अभिनेता हरिहर अधिकारीले सांगीतिक प्रस्तुति दिएका छन् । अभिनेता अधिकारीका अनुसार, कार्यक्रममा साँझ दुईवटा स्टेज सोमा उनीहरुले आफ्नो प्रस्तुति दिएका छन् ।