१८ विधामा छायाँछवि तीज म्यूजिक अवार्ड प्रदान


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ

छायाँछवि क्रियशनको आयोजनामा १२ औं संस्करण छायाँछवि तीज म्यूजिक अवार्ड सम्पन्न भएको छ । हरितालिका तीजका अवसरमा प्रकाशित गीतहरुलाई लिएर आयोजना गरिने छायाँछवि तीज म्युजिक अवार्ड समारोहमा १८ अवार्ड तथा ६ सम्मान एवं १ पुरस्कार प्रदान गरियो ।

सुकेधारा स्थित लेभीज गार्डेनमा सम्पन्न भएको छायाँछवि तीज म्युजिक अवार्डमा गत वर्ष स्थापना गरिएको छायाँछवि दिपाशा स्मृति पुरस्कार यस वर्ष मोडल कलाकार सञ्चिता शाहिलाई प्रदान गरिएको छ । ११ हजार रुपैयाँ राशी सहितको यो पुरस्कार गत वर्ष भने मोडेल कलाकार अञ्जु निरौलालाई प्रदान गरिएको थियो ।

यस्तै तीजका अवसरमा आयोजना गरिदै आएको छायाँछवि तीज म्युजिक अवार्डमा ६ जना नारी कलाकारहरुलाई सम्मान समेत गरीएको छ । गायिका गीता भट्टराई, गायिका तथा अभिनेत्री सारीका घिमिरे, गायिका अञ्जु श्रेष्ठ, सौन्दर्यकर्मीद्वय संगीता राना मगर र अप्सना नेवा हायु लाई कार्यक्रममा सम्मान गरिएको हो । तीज नारी सम्मान अन्तर्गत नै वोस्टर्न अमेरीका निवासी गायिका शुशीला वस्नेत तिमील्सीनालाई डायस्पोरा सम्मान प्रदान गरिएको छ । सम्मान बिशिष्ट अतिथी चलचित्र बिकाश बोर्ड अध्यक्ष दिनेश डीसी, वरिष्ठ गायिका देविका बन्दना, अवार्डका अध्यक्ष शान्तिप्रियलगायतले प्रदान गरे ।

कार्यक्रममा छायाँछविका अध्यक्ष शान्तिप्रियले अवार्डको उद्येश्यमाथी प्रकाश पारेका थिए । कार्यक्रम संञ्चालन दीपज्योति थापाले सञ्चालन गरेकी थिइन् ।

अवार्ड विजेताहरु ः
उत्कृष्ट तीज गीत एरेन्जर
विपिन आचार्य ः आइपुग्यो तीज

उत्कृष्ट तीज गीत ध्वनी मिश्रण
मनोज परियार ः तीजका गीत कस्ता

उत्कृष्ट तीज गीत छायांकार
मुकेश हुमागाई ः बारुले कम्मरको ठुम्क

उत्कृष्ट तीज गीत सम्पादक
सुजन कोइराला ः चोली फाटेको

उत्कृष्ट तीज गीत मोडल (पुरुष)
भुवन के पोखरेल ः माईत बरीलै

उत्कृष्ट तीज गीत मोडल (महिला)
स्मारिका ढकाल ः काली पसम कि –२

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
श्रीजन बराल ऋषि ः कट्टि कट्टि

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
जेरी भण्डारी ः काली पसम कि –२

उत्कृष्ट तीज गीत शब्द
जनक रावल ः तीज आयो साथी संगी

उत्कृष्ट मौलिक तीज गीत शब्द
याम प्रसाद निउरे ः चोली फाटेको

उत्कृष्ट तीज गीत लय
भावना आचार्य ः सोच सोच

उत्कृष्ट मौलिक तीज गीत लय
योगेश काजी ः मलाई हेरी हेरी

उत्कृष्ट तीज दोहोरी गीत गायक
रामचन्द्र काफ्ले ः सोच सोच

उत्कृष्ट तीज दोहोरी गीत गायिका
सुजाता के.सी ः सासुको तीज

उत्कृष्ट तीज गीत युगल गायन
नम्रता तामाङ,बवी नेम्वाङ लिम्बु,निलम रोक्का कार्की : किन्दिने हो कल्ले

उत्कृष्ट तीज गीत गायिका
जुनु गौतम ः आइपुग्यो तीज

उत्कृष्ट मौलिक तीज गीत गायिका
रेखा शाह ः मलाई क्या माया

इनकरेजमेन्ट अवार्ड गायिका
पुजन काफ्ले ः छड्के तिलहरी