गायिका सरिता सहित विभिन्न कलाकारलाई तीज विशेष नारी सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौँ, ७ भदौ

उपमा सञ्चार प्रा. लि. र तेज नेपाल मल्टिमिडिया प्रा. लि.ले संयुक्त आयोजनामा राजधानीको चलचित्र विकास बोर्डमा “तीज विशेष नारी सम्मान तथा सांस्कृतिक कार्यक्रम–२०८२” भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, प्रतिनिधि सभा सदस्य मनरुपा शर्मा ‘बिमला’, सभाध्यक्ष उपमा सञ्चार प्रा लि कि आशा गौतमले सम्मान प्रदान गरे ।

कार्यक्रममा चलचित्र, संगीत, कला , साहित्य, शिक्षा, खेल राजनीति, व्यवसाय र सामाजिक सेवाजस्ता विभिन्न क्षेत्रमा योगदान पु¥याउने नारी व्यक्तित्वलाई “तीज विशेष नारी सम्मान–२०८२” अर्पण गरिएको थियो।

कार्यक्रममा गायिका अग्रज गायिका ज्ञानु राणा, विशिष्ट अभिनेत्री मिथिला शर्मा, विशिष्ट अभिनेत्री लक्ष्मी गिरि, विशिष्ट अभिनेत्री रमा थपलियालाई तिज विशेष नारी दीर्घ सम्मानबाट सम्मानित गरिएको थियो ।

त्यस्तै गायिकाहरुमा सरिता भारती, शर्मिला गुरुङ, लक्ष्मी न्यौपाने, अभिनेत्रीमा हिउँवाला गौतम, सुनिता गुरुङ, पल्पसा डंगोल तीज विशेष नारी सम्मानबाट सम्मानित भए ।

गायिका पबित्रा रसाइली, माया निरासी, पुष्पा पौडेल, पत्रकारमा मिना बज्राचार्य, भाषा शर्मा, पुनम पौडेल, प्रतिमा सैजु, गिता अधिकारी, सिर्जना खतिवडा, अभियान्ता पुर्व प्रहरी निरीक्षक जलु गुरुङ, राष्ट्रिय जनसास्कृतिक महासंघ नेपालकि पहिलो महिला अध्यक्ष तथा कलाकार भुमिका सुब्बा, पुर्व प्रहरी सहि तथा नृत्याङ्गना कल्पना गुरुङ, नेपालको पहिलो महिला रेस्लर भगवती खडका, रेस्लर मुना श्रेष्ठ, व्यसायीबाट मञ्जु तिमिल्सिना लगातलाई सम्मानित गरिएको थियो ।

त्यस्त्तै कार्यक्रममा चलचित्र सेन्सर बोर्डका नवनियुक्त सदस्य सम्पन्न श्रेष्ठ, भिमा मैनाली, कुबेर गिरी, चलचित्र बिकास बोर्डका, नवनियुक्त सदस्य बिरेन्द्र प्रसाद भट्ट, सन्तोष लोहनी, गणेश प्रसाद सुवेदीलाई बधाई सहित कदर पत्रबाट प्रदान गरियो ।

कार्यक्रममा सम्मान पश्चात् विशिष्ट अभिनेत्री मिथिला शर्माले सम्मानितको तर्फबाट यस किसिमको सम्मानले सधै प्रोत्साहित गर्ने खुशी व्यक्त गर्दै सम्पूर्ण सम्मानितको तर्फबाट धन्यवाद व्यक्त गरिन् । अग्रज गायिका ज्ञानु राणाले सिरिमा सिरि नि कान्छी बोलको गीत सुनाउँदै सबैलाई नचाईन् ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै प्रमुख अतिथी बलराम अधिकारीले यस्तो गौरवान्वित कार्यक्रम आफुले विभिन्न क्षेत्रका हस्तीहरुलाई सम्मान गर्न पाँउदा गौरव रहल हर्ष लागेको बताए ।

त्यस्तै प्रतिनिधि सभा सदस्य मनरुपा शर्माले नारीको सम्मान कार्यक्रममा सहभागी हुन पाउँदा निकै गौरव महसुस गरेको बताउँदै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम निरन्तर गर्न सुझाब दिइन् ।

आयोजक संस्था तेज नेपाल मल्टिमिडियाका अध्यक्ष सुमन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिँदै तीज पर्वलाई नारी सशक्तिकरण र संस्कृतिको संरक्षणसँग जोड्दै यस प्रकारका कार्यक्रमले समाजमा सकारात्मक प्रभाव पार्ने विश्वास रहेको बताए । कार्यक्रमको सहजीकरण उपमा सञ्चारका सचिव धिरज कोईरालाले गरेका थिए ।