देशभरका हलमा माग्ने राजा, दर्शकले मन पराए


ब्युटी न्युज नेपाल
काठमाडौँ, ६ भदौ

हास्य अभिनेता केदार प्रसाद घिमिरे (माग्ने बुढा)ले नायकको रुपमा पहिलो पटक काम गरको चलचित्र माग्ने राजा आज ६ भदौ शुक्रबारबाट नेपालका देशभरका चलचित्र घरमा रिलिज भएको छ ।

आउँदै तीजको अवसर पारेर यो चलचित्र रिलिज गरिएको यसका निर्देशक ऋषि लामिछानेले ब्युटी न्युज नेपाललाई जानकारी गराए । उनका अनुसार शुक्रबार बिहान भन्दा दिउँसोको सो राम्रो भएको छ । कतीपय शोहरु हाउसफूल समेत भएका छन् । दर्शकको निकै राम्रो प्रतिक्रिया आएको पनि निर्देशक लामिछानेले ब्युटी न्युज नेपाललाई बताए ।

निर्देशक ऋषीका अनुसार शनिबारको सोहरु अहिले धमाधम अग्रिम बुकिङ भईरहेका छन् । तीन दिन पछि फेरी तीज पर्व भएका कारण चलचित्र माग्ने राजाले यो हप्ता भरी नै राम्रो व्यापार गर्ने विश्वास निर्देशक लामी छानेको छ । दर्शकले चलचित्र हेरेर अत्यन्त राम्रो प्रतिक्रिया दिएको पनि उनले बताएका छन् ।

यो चलचित्रमा केदार घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देल, शारदा गिरी, राधिका काँडेल, मिस पवीलगायतका कलाकारहरुको अभिनय रहेको छ । नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ’इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्माको संगीत रहेको छ ।