ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ भदौ
‘चौथो म्युजिक खबर तीज म्युजिक अवार्ड २०८२’ विभिन्न २१ विधामा अवार्ड प्रदान गर्दै बिहीबार काठमाडौँमा सम्पन्न भएको छ । समारोहमा वरिष्ठ अभिनेत्री लक्ष्मी गिरीलाई म्युजिक खबर विशिष्ट नारी सम्मान प्रदान गरिएको थियो । त्यस्तै निर्देशक एवम् अभिनेत्री दीपाश्री निरौला र अग्रज गायिकाद्वय मन्जु थापा र हरिमाया गुरुङलाई नारीरत्न सम्मान प्रदान गरियो ।
कार्यक्रममा सर्वोत्कृष्ट तीज दोहोरी गायकको अवार्ड ‘म त माइत जाने हो’बाट प्रकाश कटुवालले र तीज दोहोरी गायिकाको अवार्ड ‘नाच्छु म बुरुक बुरुक’बाट मधु रसाइलीले हासिल जिते ।यस्तै सर्वोत्कृष्ट गीत संयुक्त गायनको अवार्ड ‘सासूको तीज’ गीतबाट सुजाता केसी/एलिना चौहानले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी शब्दको अवार्ड ‘सम्पत्ति कमाउन’बाट विष्णु न्यौपानेले पाए ।
सर्वोत्कृष्ट मौलिक तीज गीत गायिकाको अवार्ड ‘ नाच्न दे’गीतबाट सरिता भारतीले हासिल गरिन भने सर्वोत्कृष्ट मौलिक तीज संगीतको अवार्ड ‘किन्दिने हो कल्ले ?’ गीतबाट दीपक शर्माले पाए । सर्वोत्कृष्ट मौलिक तीज गीत शब्दको अवार्ड ‘आमा र माइतीको माया’बाट दीपक घिमिरेले प्राप्त गरे भने सर्वोत्कृष्ट तीज दोहोरी संगीतको अवार्ड ‘कस्की छोरी होला’बाट सचिन भट्टराईले थापे ।
समारोहमा सर्वोत्कृष्ट तीज गीत मिक्सिङ अवार्ड समित परियारले, सर्वोत्कृष्ट तीज गीत संगीत संयोजक अवार्ड रमेश सेन्चुरीले, तीज गीत नवप्रतिभा अवार्ड श्रीराम पौडेलले हासिल गरे ।
यस्तो डायस्पोराबाट निकालिएका तीज गीत अन्तर्गत सर्वोत्कृष्ट तीज गीत गीतकार डायस्पोरा गीतकारको अवार्ड ‘आयो रे आयो तीज’बाट कुमारी रेग्मीले, डायस्पोरा म्युजिक भिडियो निर्देशकको अवार्ड ‘परदेशीको तीज’बाट विनोद शाही र डायस्पोरा सर्वोत्कृष्ट तीज गीत गायिकाको अवार्ड ‘यिनका बुढाले’ गीतबाट विन्दु पौडेलले हासिल गरिन् ।
समारोहमा सर्वोत्कृष्ट तीज गीतको अवार्ड ‘छैन नि चोलिया’बाट मन्जु पौडेलले, मौलिक तीज गीत पब्लिक च्वाइस अवार्ड लक्ष्मी पुरी प्रधानले, म्यूजिक भिडियो महिला मोडल पब्लिक च्वाइस अवार्ड ज्योति खड्काले, पब्लिक च्वाइस अवार्ड मौलिक संगीतकारको अवार्ड विष्णु भण्डारीले हासिल गरे । समारोहमा तीज गीत मौलिक संगीत संगीतकार जुरी अवार्ड संगीतकार रेशम चौधरीले, तीज गीत दोहोरी गायिका जुरी अवार्ड सन्जु न्यौपानेले हासिल गरे ।
यस्तै सर्वोत्कृष्ट तीज गीत भिडियो मोडल पुरुषको अवार्ड विजय पुनले, तीज गीत भिडियो मोडल महिलाको अवार्ड करिश्मा ढकालले, तीज गीत संयुक्त मोडलको अवार्ड रितु तामाङ र सलिना नेपालीले, सर्वोत्कृष्ट तीज गीत भिडियो निर्देशकको अवार्ड शिवन पोखरेलले हासिल गरे भने सर्वोत्कृष्ट तीज गीत भिडियो कोरियोग्राफरको अवार्ड मुकेश नेपालीले पाए । यसै गरी सर्वोत्कृष्ट तीज गीत भिडियो को अवार्ड दुर्गा पौडेललाई, तीज गीत भिडियो सम्पादकको अवार्ड विनोद बमलाई, तीज गीत भिडियो श्रृंगारको अवार्ड गीता वि.क.लाई प्रदान गरियो ।
नेपाली तीज गीतको प्रवर्धनको लागि आफूहरूले विगत चार वर्षदेखि शुभकामना मिडियाबाट यो अवार्ड आयोजना गर्दै आएको संस्थाका अध्यक्ष सबिता पोखरेलले बताइन् । अवार्डमा म्युजिक भिडियो निर्देशक प्रकाश भट्ट निर्णायक समितिको संयोजक थिए । निर्णायकमा गायक कृष्ण काफ्ले, गायिका बेलीमाया पुलामी, मोडल रिना थापा मगर थिए ।
आर्टिष्ट अफ नेपालको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको उक्त अवार्ड कार्यक्रम सेसेमी लिम्बूले संचालन गरेकी थिइन् । समारोहमा रितु तामाङ, रविना भण्डारी र करिश्मा ढकालको नृत्य प्रस्तुति रहेको थियो भने अन्जु गौतमको गायन प्रस्तुति रहेको थियो ।
कार्यक्रममा सञ्चारकर्मी राधिका अधिकारी, विनिता कुँवर क्षेत्री र सम्झना धमलालाई म्युजिक खबर कला पत्रकारिता सम्मान प्रदान गरियो भने पूजा क्षेत्रीलाई म्युजिक खबर गायन सम्मान, सौन्दर्यकर्मी सानु थापा, निकिता पाण्डे, करुणा श्रेष्ठलाई म्युजिक खबर सौन्दर्यकर्मी सम्मानबाट सम्मानित गरियो ।
कार्यक्रममा मन्जु सिंह र गंगा पन्थ समाजिक सेवा सम्मानबाट सम्मानित भए । यस्तै मनुकुमारी पन्तलाई संगीत व्यवसायी सम्मान प्रदान गरियोे । संघीय सांसद रेखा यादव, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, अवार्डका अध्यक्ष सबिता पोखरेल, साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली र वरिष्ठ पत्रकार शान्तिप्रियलगायतले समारोहमा अवार्ड प्रदान गरे ।