१ दिनमा १० लाख भ्युज पायो ‘बलिदान’को टिजरले


ब्युटी न्युज नेपाल
काठमाडौँ, १ भदौ

नेपाली चलचित्र ‘बलिदान’ को टिजरले युट्युबमा रिलिज भएको २४ घण्टाभित्र नै यसले १० लाख भ्युज पाएको छ । यो छोटो समयमा १० लाख भ्युज पाउने टिजर पनि बनेको छ । टिजरले प्राप्त गरेको भ्युजलाई उत्तम मानिन्छ।

चलचित्रका प्रमुख कलाकार समीर भट्टको एक्सन र प्रभावशाली छायांकन एवम् आदिम जातिमाथि शामन्तहरुको शोषणको कौतुहलतापूर्ण कथाले गर्दा टिजर दर्शकले रुचाएका छन् । यो चलचित्रलाई निर्देशन सन्तोष सेनले गरेका हुन् ।

यो चलचित्रमा समिर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, हेमन्त बुढाथोकीलगायतका कलाकारकाृ अभिनय रहेको छ ।

यसअघि समीर भट्टको जन्मदिनमा सार्वजनिक प्रि–टिजरको चर्चा पछि अहिले टिजर आएको हो । चलचित्रलाई आगामी दसैँको फूलपातिमा रिलिज गरिने भएको छ।
चलचित्र आसुसेन फिल्म्स प्रा. लि. को ब्यानरमा बनेको हो। निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।